प्रधानमन्त्री देउवालाई गुरुबाट टीका प्रदान
वरिष्ठ नेता पौडेलद्वारा टीका ग्रहण
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उहाँले टीका ग्रहण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गर्नुहुनेछ । दिउँसो २ बजे राष्ट्रपति भण्डारीको हातबाट टीका ग्रहण गरेपछि मात्र प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ ।
प्रधानमन्त्रीको हातबाट सर्वसाधारणलाई टीका लगाउन ४ बजेपछिको समय तय गरिएको जनाएको छ ।
वरिष्ठ नेता पौडेलद्वारा टीका ग्रहण
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादशैँको अवसरमा आफ्ना दाजु बन्धुराज पौडेलबाट टीका ग्रहण गर्नुभएको छ ।
राजधानीको कलंकीमा टीकाको शुभसाइतको समयमा वरिष्ठ नेता पौडेलले टीका ग्रहण गर्नुभएको हो ।
त्यसपछि वरिष्ठ नेता पौडेलले परिवारजन, इष्टभित्र र पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो निवास बोहोराटारमा दशैँको टीका जमरा लगाइदिनुभयो । रासस


