राष्ट्रपतिबाट उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीद्वय दाहाल र ओलीद्वारा टीका ग्रहण

राष्ट्रपतिबाट उपराष्ट्रपति, प्रधानमन्त्री र सर्वसाधारणलाई टीका

काठमाडौँ, १४ असोज । बडादशैँ—२०७४ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज टीका लगाइदिनुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, मन्त्रीहरू, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि आज टीका लगाइदिनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज सर्वसाधारणलाई पनि टीका लगाइदिनुभएको छ । राष्ट्रपतिले आज दिउँसो २ः०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरूप सर्वसाधारणलाई टीका लगाउनुभएको हो । टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म नै कार्यक्रम जारी रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि बिहान ११ः५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिनुभएको थियो ।

पूर्वप्रधानमन्त्रीद्वय दाहाल र ओलीद्वारा टीका ग्रहण

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विजया दशमीको टीका ग्रहण गर्नुभएको छ ।

त्यसपछि नेता ओलीले बेलुका ५ बजे मात्र आफ्ना पिताको हातबाट टीका ग्रहण गर्नुभयो । उहाँले आफ्नी श्रीमती राधिका शाक्यलाई टीका लगाएसँगै आफन्तजन, पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिनुभएको स्वकिय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी, विजयादशमीको अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी सीता दाहालका मामासँग टीका ग्रहण गर्नुभएको स्वकीय सचिव प्रकाश दाहालले राससलाई जानकारी दिनुभयो । त्यसपछि मात्रै पूर्वप्रधानमन्त्री दाहालले धर्मपत्नी सीता र छोरा बुहारीलाई टीका लगाइदिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।