‘देउवाजी ! प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुस्’
वरिष्ठ पत्रकार किशोर नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट राजिनामा दिन सुझाव दिए
काठमाडौँ । वरिष्ठ पत्रकार किशोर नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट राजिनामा दिन सुझाव दिएक छन ।
नेपाली कांग्रेससँग सत्ता साझेदारी गरिरहेको नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहकार्य गर्ने र पार्टी एकीकरण गर्ने घोषणा गरेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले इमान्दारिताको साथ राजिनामा दिनुपर्ने सुझाव नेपालले दिएका छन ।
नेपाल पत्रकार महासंघको पूर्व सभापति समेत रहेका कांग्रेस निकट नेपालले ट्वीट मार्फत देउवालाई राजिनामाको सुझाव दिएका हुन ।
उनले कांग्रेस–माअोवादीको गठबन्धन टुटेकाे निष्कर्ष निकालेका छन । कुनै समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनेता मान्ने नेपाल पछिल्लो समय भने उनीसँग टाढिएका छन ।



