एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले आगामी निर्वाचनमा तालमेल गर्ने र त्यसपछि…

– राजेन्द्र काफ्ले
‘प्यार और जंग में सब कुछ जायज है’ हिन्दी भनाई नेपालीमा उल्था गर्दा भने ‘राजनीतिमा सबै कुरा जायज हुन्छ’ मा परिणत हुने गरेको छ । माया र लडाईंमा सबै कुरा जायज होस् वा नहोस् तर नेपालको राजनीतिमा सबै कुरा जायज छ, मान्य छ । केही दिन पहिलेसम्म पनि एकले अर्काको मुख हेर्न नचाहने दलका नेताहरु अहिले ‘हम साथ साथ हैं’ भने जस्तै कुममा कुम मिलाएर एउटै पार्टीको नारा जपिरहेका छन् । ‘प्यार और जंग में सब कुछ जायज है’ हिन्दी भनाई नेपालीमा उल्था गर्दा भने ‘राजनीतिमा सबै कुरा जायज हुन्छ’ मा परिणत हुने गरेको छ । माया र लडाईंमा सबै कुरा जायज होस् वा नहोस् तर नेपालको राजनीतिमा सबै कुरा जायज छ, मान्य छ । केही दिन पहिलेसम्म पनि एकले अर्काको मुख हेर्न नचाहने दलका नेताहरु अहिले ‘हम साथ साथ हैं’ भने जस्तै कुममा कुम मिलाएर एउटै पार्टीको नारा जपिरहेका छन् ।

बडादशैं मनाउनका लागि आ–आफ्ना घर पुगेका नेपाली जनताले दशैंका साथसाथै राम्रो समाचार पाए त्यो हो नेपालमा केवल दुई पार्टी बन्ने सम्भावना । तर त्यसले नेपालमा राजनीतिक स्थिरता ल्याउला वा अनन्तकालसम्म मुलुकलाई अस्थिरताको मार्गमा डो¥याउला अहिले नै भन्न सकिन्न । किनभने नेपाली राजनीतिको इतिहास नमिठो छ । २०४८ र २०५१ सालमा पनि नेपाली कांग्रेस र एमाले नै प्रमुख प्रतिस्पर्धी दल थिए । कांग्रेसले बहुमत पनि ल्यायो । तर के नेपालमा राजनीतिक स्थिरता आयो त ? उल्टो दुई दलबीचको सत्ताको छिनाझपटीले मुलुकलाई द्वन्द्वको भूमरीमा फसायो । आफ्नै दलको सरकार ढाल्न पछि नपर्ने सांसदहरु पनि रहेकै हुन् ।

असोज १७ गते नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले आगामी निर्वाचनमा तालमेल गर्ने र त्यसपछि पार्टी एकीकरण गर्ने उद्घोष गरेका छन् । उनीहरुले अन्य स–साना कम्युनिष्ट पार्टीहरुलाई पनि मिसाएर एउटै कम्युनिष्ट पार्टी तयार गर्ने मार्गचित्र अगाडि सारेका छन् । त्यसको विरोधमा रहेकाहरु यो कार्यलाई चीनियाँ रणनीति बताइरहेका छन् । चीन आफैमा कम्युनिष्ट देश भएको र उसले सदैव नेपालमा कम्युनिष्टहरु मिलेर सत्ता चलाएको देख्न चाहने भएकाले पनि यसमा चीनियाँ चासो रहेको लोकतान्त्रिक पक्षधरहरुको आरोप छ ।

तीन दलबीचको सहमतिका लागि सरकारमै रहेका माओवादीका मन्त्रीले चीनसँग सम्पर्क साँधेको अपुष्ट समाचारहरु समेत आइरहेका छन् । त्यसै पनि नेपालमा कम्युनिष्टहरु मिलेको चीन बाहेक न त भारत न अमेरिका वा पश्चिमा मुलुकहरु, कोही चाहँदैनन् । त्यसैले पनि चिनियाँ रणनीति वा सहमति अनुसार यो सहमति भएको अनुमान लगाउन गाह्रो नपर्ला ।

भारत र चीनबीच भुटानको सीमानामा भएको ‘डोकलाम विवाद’ समाप्त भयो । अब ती दुई देशबीच ‘नेपाली राजनीति’ विवाद शुरु नहोला भन्न सकिन्न ।

उता कम्युनिष्टहरुले ‘गला मिलाएको’ भोलिपल्टै आफूलाई लोकतन्त्रको पहरेदार सम्झने नेपाली कांग्रेसले पनि ‘काउन्टर अट्याक’ गरेको छ । उसले लोकतन्त्रवादी अन्य ६ दलहरुलाई मिलाएर गठबन्धन बनाउनका लागि कार्यदल समेत गठन गरेको छ । कम्युनिष्टहरु यसलाई प्रष्ट शब्दमा ‘भारतको इशारा’ मा भएको बताउन थालेका छन् । त्यसै पनि चीनले नेपालका कम्युनिष्टलाई सहयोग गर्ने बित्तिकै भारतले लोकतन्त्रवादीलाई सहयोग गर्ने नै गर्छ । नेपालमा लोकतन्त्र ल्याइदिने र टिकाइदिने पनि एक प्रकारले भारतले नै हो किनभने कुनै बेला चीन राजाको पक्षमा खुलेरै लागेको थियो ।

प्रष्ट छ पहिले भारत नेपालको राजनीतिमा खुलेरै अगाडि आउने गथ्र्यो । अब चीन समेत नेपालको राजनीतिमा खुलेर आउन थालेको छ । भारत र चीनबीच भुटानको सीमानामा भएको ‘डोकलाम विवाद’ समाप्त भयो । अब ती दुई देशबीच ‘नेपाली राजनीति’ विवाद शुरु नहोला भन्न सकिन्न ।

अन्त्यमा, नेपालमा कम्युनिष्ट र लोकतान्त्रिक गरी केवल दुई पार्टी मात्रै बनेमा पनि मुलुकमा स्थायित्व आउने सम्भावना भने कमै छ । तर पनि नेपाली जनता ‘खयाली पुलाव’ पकाउन भने अवश्य सक्छन् । नेपालका सबै कम्युनिष्ट पार्टीहरुबीच एकता भयो भने त्यसको नाम जे राखे पनि त्यसलाई ‘चीन पार्टी’ भनेर चिनिनेछ । त्यसैगरी लोकतान्त्रिक पार्टीहरुबीच एकता भएर जे नाम राखे पनि त्यसलाई ‘भारत पार्टी’ भनेर नै चिनिनेछ ।राजेन्द्र काफ्लेको निजिबिचार हो कुनै पाटी प्रती लक्ष्यित छैन एउटा नगारिकको बिचार हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।