बालिका र महिला हिंसाका भएको थाहा पाए ११४५ मा फोन गर्नुस्

काठमाडौँ । राष्ट्रिय महिला आयोगले हिंसामा परेका बालिका र महिलालाई लक्षित गरी आजबाट ११४५ नम्बरको हेल्प लाइन नम्बरको पूर्व परीक्षण सुरु गरेको छ ।

आयोगले ‘सम्बोधन’ नामक परियोजनामार्फत सञ्चालनमा ल्याएको हेल्पलाइन पूर्व परीक्षण काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लामा सुरु गरिएको हो । तर यो नम्बरमा देशको जुनसुकै ठाउँबाट फोन गर्न सकिन्छ ।

पूर्वपरीक्षण समयसम्म भने नेपाल टेलिकम र एनसेलबाट मात्र फोन गर्न मिल्नेछ । यही मंसिर २४ गतेबाट भने जुनसुकै नम्बरबाट पनि फोन गर्न मिल्ने आयोगले जनाएको छ ।

आयोगका सचिव तुलसीराम सेढाईले उक्त नम्बरको उद्घाटन गर्दै पीडित स्वयम् पीडित, पिडिछका आफ्न्त, साथी, घटनाबारे सुनेका, देखेका, लैगिक हिंसा न्युनीकरण तथा रोकथामसम्बन्धी काम गर्ने संघसंस्थाले फोन गरेर खबर गर्न सक्ने बताउनुभयो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले सरकारले पहिले पनि विभिन्न हेल्पलाइन सञ्चालनमा ल्याइरहेको बताउँदै आयोगको ११४५ नम्बरको हेल्पलाइनले धेरैभन्दा धेरै पीडित महिलालाई न्यायको पहुँचमा पु¥याउने विश्वास व्यक्त गनुर्भयो ।

विश्व बैकको सहयोगमा आयोगले सञ्चालनमा ल्याएको हेल्पलाइन ११४५ मा जुनसुकै फोनबाट गर्दा पैसा लाग्दैन । नेपालको जुनसुकै ठाँउबाट जुनसुकै समयमा फोन गरे हिंसामा परेका व्यक्तिबारे खबर गरेमा अति प्रभावितका सुरक्षित वास, कानुनी उपचार, परार्मश, मनोसामाजिक परार्मश र आधारभूत स्वास्थ्य सेवासमेत उपलब्ध गराई पीडितलाई न्यायको पहँुचमा पु¥याउने उद्देश्य रहेको परियोजना संयोजक पलिता थापाले बताउनुभयो ।

विश्व बैकका प्रतिनिधि कारोलिन सगेले हिंसामा पर्ने अधिकांश महिला र बालिकाले उजुरी नै नगर्न नसक्ने अवस्थाका कारण थप पीडित बन्ने गरेको बताउँदैे यो परियोजनाबाट धेरैभन्दा धेरै महिला बालिकाले उजुरी गरी न्याय पाउन सक्ने धरणा व्यक्त गर्नुभयो ।

सबैको सहयोग भएमा मात्र परियोजना सफल हुने पनि उहाँले बताउनुभयो ।

आजबाट एक महिनासम्म पूर्व परीक्षणका रुपमा सञ्चालन भएको यो सेवा मंसिर २४ गते औपचारिक उद्घाटन गरेर सञ्चालन गरिने आयोगले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖