“देउवालाई सात चोटी प्रधानमन्त्री हुन्छस् भन्ने ज्योतिष फरार, देउवा ज्योतिष खोज्दै !”

चुनावको परिणामले नराम्रोसँग बढारिने संकेत गरेपछि सामाजिक सञ्जालमा देउवाको उच्छितो काढ्न सुरु भएको छ । लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरमा प्रतीक रिमाल लेख्छन्, ‘डढेलधुराको मत गन्नुअघि, शेरबहादुर देउवाद्धारा ज्योतिष खोजिकार्य तिब्र । त्यसैले मतगणना ढिलो ।’ रिमाल थप्छन्, ‘देउवाको ज्योतिष फरार किनभने तिनले भनेका थिए, शेरबहादुर देउवाज्यू तपाई सात पटक प्रधानमन्त्री बन्नु हनेछ ।’

यस्तै सोमेश नाम गरेका ट्वीटर प्रयोगकर्ता प्रश्न गर्छन्, ‘बिपी बाँचिरहेका भए काँग्रेसलाई भोट हाल्थे कि नाई?’ जवाफ दिदै नयनराज पाण्डे लेख्छन्, ‘प्रत्यक्षमा हरिबोलको लागि भोट माग्थे, उनको नाम समानुपातिकमा हुन्थ्यो ।’

यसरी नै ग्रेभयाड एन्जल नामको ट्वीटरबाट सासा काँग्रेसको हविगतलाई गीतसँग जोडद्र लेख्छिन्, ‘अच्छा चलता हुँ, दुवाऔंमे याद रखना ।’

पत्रकार नारायण अमृतको बिश्लेषण छ, ‘देउवा मात्र किन? बने राचपौ र महामन्त्री शसांकसहितका पदाधिकारीहरूले यो पराजयपछि राजीनामा दिंदा राम्रो । नयाँ पुस्ता र नयाँ सोच, दृष्टिलाई स्थान दिने, हुर्काउँने र संरक्षण गर्ने परम्पराको थालनी किन नगर्ने? नत्र, रामराम भन्ने त होलान् काँध थाप्ने शून्यतिर लाग्ने देखियो ।’

अर्का पत्रकार शिव दाहाल हारेको काँग्रेसको घाउमा नून यसरी दल्छन्, ‘कांग्रेस सभापति देउवाले विवेकशील भन्दा बढि मत ल्याउछु भनेका रहेछन् मानिसहरु बहुमत भनेर झुक्किएछन् ।’

– लाईटनेपालको सहयोगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।