‘प्रचण्ड’लाई अभि सुवेदीको खुलापत्र
पुष्पकमल दाहाल प्रचण्डजी,
सोचेको थिएंँ, मैले यसपालिको लेखमा राजनीतिको कुनै चर्चा गर्ने छैन, एक स्वतन्त्र निरपेक्ष प्राज्ञिक मानिसले किन लेख्नु र राजनीतिका कुरा सधैंँ । तर पनि तपाईंलाई यो चिठी लेख्न मन लाग्यो ।
किनभने देशमा गहिरिँंदै गएका समस्याको निदान गर्न नसक्ने एक मनोग्रन्थिले उत्तरदायित्व बोकेका मानिसलाई समातेको कुराले चिन्तित छु । म कुनै दल विशेषभित्र फर्मुलामा आबद्ध भएर, बोली पनि त्यसैसंँग मिलाउने र दलका नेताहरूलाई खुसी पारेर लाभ लिने कित्ताको मानिस नपरेकाले होला, अहिलेको ऐतिहासिक परिवर्तनका एकाध कुराले झस्केको छु । शक्ति कसले लिने, भोलि कसरी लोकको हित गर्ने र पूरा समय चल्ने सरकार बनाउने भन्ने कुराको बीचमा द्वन्द्व भयो भने त्यो एउटा चिन्ताको विषय हुनेछ । लाग्यो, कसैलाई आफ्ना एकाध कुरा राखौं ।
तपाईंहरूको राजनीतिक अभियानले पाएको जनमतका आधारमा एउटा दिगो र टिकाउ सरकार बनाउनु हुनेछ भन्ने कामना गर्दै तपार्इंलाई चिठी लेख्न लागेको कारणमा मानवीय स्पन्दन र सन्दर्भहरू बढी जोडिएका छन् ।
विचार गर्दै जांँदा तपाईं नै त्यस्तो व्यक्ति देखेंँ । हामी साहित्य र मिडियामा लगाम लगाउने शासक, राज्य र दलप्रति प्रतिरोधी विचार राख्छौं । तर म तपाईंलाई किन यो पत्र यस्तो बेला लेख्न थालेंँ त ? आफैसंँग प्रश्न गर्छु । त्यसको उत्तर यो पत्रले नै बोल्नेछ । यो पत्र मैले स्वस्फुर्त लेखेको हुंँ । तपाईंहरूको राजनीतिक अभियानले पाएको जनमतका आधारमा एउटा दिगो र टिकाउ सरकार बनाउनु हुनेछ भन्ने कामना गर्दै तपार्इंलाई चिठी लेख्न लागेको कारणमा मानवीय स्पन्दन र सन्दर्भहरू बढी जोडिएका छन् ।
अर्को, तपाईंसँंग समयले मलाई कहीं न कहीं जोड्दै लगेकाले पनि चिठी लेख्न मन भएको हो । प्राध्यापक लोकराज बरालले २०६३ को अमूक महिनामा भूमिबाट भर्खरै बाहिर आउनुभएका तपाईं र बाबुराम भट्टराईलाई आफ्नो केन्द्रमा बोलाउनुभएको रहेछ । मलाई पनि १९ जना प्राध्यापकसंँगै बोलाउनुभयो । अन्त्यमा सम्बोधन गर्ने क्रममा तपाईंले ‘अभि सर, मलाई पढाएको बिर्सनुभयो, पाटन कलेजमा रु’ भनेपछि सम्झेंँ । त्यसपछि पटक–पटक मैले तपाईंको विद्यार्थीको बेलाको चित्र दिनुपर्यो । नयाँदिल्लीको एउटा साहित्य विचार सम्मेलनमा तपार्इंबारे अनर्गल बोल्ने एक विद्वानलाई माथि गएर भनेँ, ‘म उनको शिक्षकको हैसियतले बोल्दैछु, तपाईं भ्रममा बोल्दै हुनुहुन्छ ।
भारतीय पत्रकार अनिर्बन रोयले तपाईंमाथि किताब लेख्दा मलाई तपाईंबारे सोधेका छन् । त्यो किताबको विमोचन १९ सेप्टेम्बर २००८ मा काठमाडौंमा हुंँदा म एकमात्र बक्ता थिएंँ । तपाईं प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाई कुनै कारणवश आउन सक्नुभएन । मञ्चमा तपाईंका पिताजी मुक्तिनाथ दाहालसँंग म एक्लै थिएंँ । यो बेला तपाईंबारे उहांँले भनेका कुरा र उहांँको तपार्इंप्रतिको विश्वासले म द्रवित भएँं । उहांँबारे ‘कान्तिपुर’ पत्रिकामा लेखेको पनि थिएँं । मैले तपाईंलाई भनेको थिएँ, कसैको जमघटमा । तपाईंलाई पुत्रशोक पर्दा म धेरै दुःखित छु ।
प्रचण्डले गरेको राजनीतिक सम्झौता तपाईंलाई पनि मोडल हुनसक्छ । अहिले प्रचण्डका प्रधानमन्त्री र सम्वाद गरिबस्ने व्यक्ति भेट्न चाहनुहुन्छ भने उता विज्ञान भवनमा गएर हातमा अक्सिजनको बट्टा र पाइप बोकेर सार्क सम्मेलनमा बोल्दै गरेका गिरिजाप्रसाद कोइरालालाई भेट्नुहोस् ।’ भारतीय पत्रकार अनिर्बन रोयले तपाईंमाथि किताब लेख्दा मलाई तपाईंबारे सोधेका छन् । त्यो किताबको विमोचन १९ सेप्टेम्बर २००८ मा काठमाडौंमा हुंँदा म एकमात्र बक्ता थिएंँ । तपाईं प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाई कुनै कारणवश आउन सक्नुभएन । मञ्चमा तपाईंका पिताजी मुक्तिनाथ दाहालसँंग म एक्लै थिएंँ । यो बेला तपाईंबारे उहांँले भनेका कुरा र उहांँको तपार्इंप्रतिको विश्वासले म द्रवित भएँं । उहांँबारे ‘कान्तिपुर’ पत्रिकामा लेखेको पनि थिएँं । मैले तपाईंलाई भनेको थिएँ, कसैको जमघटमा । तपाईंलाई पुत्रशोक पर्दा म धेरै दुःखित छु ।
मलाई तपाईंको अस्ति चितवनमा दिएको एउटा भाषणले छोयो । तपाईंले एउटा मिडियामा उठेको हल्लाको उत्तर दिँंदै त्यो कुरा भन्नुभएको थियो । चर्चा थियो, माओवादी र एमाले अब एउटै गठबन्धनमा बस्ने छैनन् । तपाईंले एउटा मार्मिक, साहित्यिक किसिमले सम्झिंँदा, वाचाल विम्ब प्रयोग गर्दै भन्नुभयो– हामीले फर्किने बाटोको पुल नै भत्काइसक्यौं, अब जाने बाटो छैन । मलाई यो अभिव्यक्ति एउटा निजी अथवा भित्रदेखि उठेको केही साहित्यको निबन्धमा लेखिने उद्गारजस्तो लाग्यो । यो भनाइमा सीमाको चेतना छ । यो भनाइमाआफ्ना मानिस लिएर यात्रा गर्ने मानिस वा अगुवाको चिन्ता बोल्छ ।
प्यालेस्टाइनी विद्वान एडबार्ड सइदले एउटा यस्तो अवस्थाको मानिसमाथि सिद्धान्त निकालेका छन्, जसलाई उनले अर्थपूर्ण सीमा बाहिर निस्केको मानिसको रूपमा चित्रण गरेका छन् । तर तपाईंको यात्रा सीमाभित्रै सीमाको खोजी हो । तपार्इंले अहिलेसम्म कुराहरू मिलाइसक्नु पनि भयो होला ।
तपाईंको बोलीमा आफ्ना मानिस लिएर इजिप्टको भूमि छाड्दै गएका र एकदिन फर्किने डायस्पोराका इरादा बोकेका मोजेजको जस्तो आदिम चिन्ता बोल्छ । यो भनाइमा अहिले सीमाहीन अवस्थातिर लागेका यात्रीको भावनाको आभास हुन्छ । प्यालेस्टाइनी विद्वान एडबार्ड सइदले एउटा यस्तो अवस्थाको मानिसमाथि सिद्धान्त निकालेका छन्, जसलाई उनले अर्थपूर्ण सीमा बाहिर निस्केको मानिसको रूपमा चित्रण गरेका छन् । तर तपाईंको यात्रा सीमाभित्रै सीमाको खोजी हो । तपार्इंले अहिलेसम्म कुराहरू मिलाइसक्नु पनि भयो होला ।
लाग्छ, तपाईंको राजनीतिक कर्म नै सायद शक्तिको शाश्वत बाँडफाँड गर्ने हो, जसमा तपाईंको धेरै र महत्त्वपूर्ण समय बितेको छ । तपाईंका सहयात्रीको कुरा पनि यसमा आउंँछ । तपाईंको राजनीतिक कर्म भनेकै आउनु हो, फर्किनु होइन । तपाईंको राजनीतिक शक्ति पनि त्यही हो । तपाईं छापामार आन्दोलन २५ वर्ष नेतृत्व गरेर आउनुभयो । पुलै भत्काएर आउनुभयो । त्यता फर्किने पुल छैन । त्यसरी आएकोलाई स्वागत गर्ने गिरिजाबाबुले इतिहास बुझेछन् । तपाईं एमालेको घर पुग्दा पछाडि पुल भत्किएको अर्थ अलिक जटिल लाग्यो । पुलभञ्जन गर्दै आइबस्ने तपाईंलाई कसैले कमजोर भन्लान् । म चाहिंँ भन्दिन ।
एउटा संयन्त्र अँठ्याएर बस्ने, अलिकति पनि नचल्ने, एकल राजनीतिक राग अलाप्ने अनि दायाँ–बायांँ केही नहेर्ने, जीवन र जगतलाई एक इन्च पनि तलमाथि नगरी बस्ने राजनेता र दलहरूको भन्दा तपाईंको गति जीवनको नजिक छ । म बीपी कोइरालाको प्रशंसक भएको कारण त्यही हो । तपाईं पनि हुनुहुन्छ । तपाईं सुन्दरीजल जेल परिसरमा प्रधानमन्त्री भएको बेला भावातित भएर बसेको कुरा मलाई सञ्जीव पोखरेलले भन्नुभएको थियो । तपाईंलाई थाहै होला, केही शंका छन्, तपाईंमाथि । भन्छन्, तपाईं यो बाटोबाट कम्युनिष्टहरूको विशाल बहुमत बनाएर डिक्टेटरसिप चलाउने सपना बोकेको मानिस हो । तर केही कुरा यस्ता छन्, जसको राम्ररी अध्ययन गर्ने हो भने अब त्यो तपाईंको लक्ष्य हुन सक्तैन ।
सुरुदेखि नै एउटा कुरामा ध्यान पुर्याउनु होला । सबै साथीलाई लोकतान्त्रिक संविधान पालना गर्न लगाउनु होला । संविधान मिच्ने कर्म सूक्ष्म हुन्छन् र ती शक्तिका सपनाले रञ्जित हुन्छन् । मानिस अलिअलि गर्दै संविधान मिच्छन् । दुरुपयोग गर्छन् । देखिएको छ । डिक्टेटरसिपको जन्म त्यसरी नै हुन्छ । मिडिया र स्वतन्त्र चिन्तनमाथि विस्तारै लगाम लगाइन्छन् । बीपीले २०३४ मा अदालतको बयानमा पनि यही भने ।
स्तालिनदेखिका नेताका फोटा टाँसेर कार्यक्रम गरे पनि अब तपाईंहरू कम्युनिष्टको एउटा शास्त्रीय पुल भत्काएर आउनुभएको छ । तर माक्र्सवादको दृष्टि भत्काउनु पर्दैन । मेरो तपाईंलाई एउटा सल्लाह छ । सुरुदेखि नै एउटा कुरामा ध्यान पुर्याउनु होला । सबै साथीलाई लोकतान्त्रिक संविधान पालना गर्न लगाउनु होला । संविधान मिच्ने कर्म सूक्ष्म हुन्छन् र ती शक्तिका सपनाले रञ्जित हुन्छन् । मानिस अलिअलि गर्दै संविधान मिच्छन् । दुरुपयोग गर्छन् । देखिएको छ । डिक्टेटरसिपको जन्म त्यसरी नै हुन्छ । मिडिया र स्वतन्त्र चिन्तनमाथि विस्तारै लगाम लगाइन्छन् । बीपीले २०३४ मा अदालतको बयानमा पनि यही भने ।
तर तपाईंलाई थाहा छ, तपाईंको पुलको निर्माण कसरी भएको थियो रु यो कुरा विचार गर्नुभएको छैन होला । तपार्इं र गिरिजाबाबुले विस्तृत शान्ति सम्झौतामा २०६३ मंसिर ५ मा सही गर्नुभन्दा ३ वर्ष पहिले मार्टिन चौतारीका रमेश पराजुलीले निकै खोज गरेर तयार पारेको ‘नेपालको माओवादी आन्दोलन सन्दर्भ ग्रन्थ’ प्रकाशित भयो । त्यसमा माओवादी आन्दोलनमाथि लेखिएका ६ सय ७ वटा सन्दर्भसूची छन्, जसमा नेपालीमा २ सय ८९ र अंग्रेजीमा ३ सय १८ वटा छन् । अनेक विचार र व्याख्या भए पनि त्यो सन्दर्भको एउटा ऐतिहासिक कलेवर हो । त्यसमा तपाईंले लेखेका निकैवटा लेख छन् ।
बाबुराम भट्टराईले लेखेको एउटा लेखको शीर्षक ‘प्रचण्डपथ : सिर्जनशील माक्र्सवादको नवीनतम कडी’ अहिले पढ्दा रमाइलो लाग्ने रहेछ ।
बाबुराम भट्टराईले लेखेको एउटा लेखको शीर्षक ‘प्रचण्डपथ : सिर्जनशील माक्र्सवादको नवीनतम कडी’ अहिले पढ्दा रमाइलो लाग्ने रहेछ । दीपक थापा र बन्दिता सिजापतिको ‘अ किङडम अन्डर सिज’ (२०६०) भन्ने किताबमा अरू १६ वटा सन्दर्भ छन् । यहाँं सबै राख्न सकिँंदैन । मार्टिन चौतारीले धेरै विषयका क्याटलग निकालेको छ । खोजेर तयार पारेका सन्दर्भहरूको आफ्नै सैद्धान्तिक आधार हुन्छ । यसै सन्दर्भमा मेरो एउटा अनुभव भन्छु ।
केही साता अगाडि नेपाल एकेडेमीले प्रकाशनमा ल्याएको ‘प्रज्ञा समकालीन नेपाली कविता विमर्श’ भन्ने किताबमा मैले लेखेको ‘समकालीन नेपाली कवितामा जनजातीय चेतना’ शीर्षकको लामो लेखमा मैले नेपाल र बेलायतमा पनि गएको बेला पारेर ५६ वटा सन्दर्भ राखेकामा काटेर ६ वटामात्रै राखिएका रहेछन् । मनपरेका प्राज्ञ र मनपरेका सम्पादकले भनेर लेखेको थिएंँ, चकित छु । हार्वर्ड विश्वविद्यालयको एउटा ‘फुटनोट’ (१९९७) भन्ने किताबमा एन्थोनी ग्राफटन भन्छन्– इतिहास यस्तै सन्दर्भहरूले बनिएको शक्ति हो र यसले शासकहरूले लुकाएका खराब कर्मलाई बाहिर ल्याइदिन्छ । साहित्यमा पनि सन्दर्भ सामग्रीले एउटा शक्तिको रचना गर्छ ।
तपाईंले ‘मैले जङ्गलको जीवन बिताएंँ, अब उज्यालोको जीवन बाँच्छु’ (हिन्दुस्तान टाइम्स, नोभेम्बर १८, २००६) भनेको निकै वर्ष भएछन् । सबैलाई उज्यालोको जीवन बाँच्न सक्ने अवस्था सिर्जना गर्न लाग्नुहोला ।
अहिले तपाईंले कुनै पुल भाँच्नुभएको हो भने त्यसलाई प्रयोग हो भनेर मानौं । बाँकी इतिहासले भन्ला । तपाईंले छाडेको इतिहास र तपाईंले बनाउन खोजेको इतिहासमा संवादको शक्ति छ । देशलाई भ्रष्टाचार, मेडिकलमा भएका बेथिति, पीडितका समस्या, दिनदिनै अनुर्वर बनाइँंदै लगिएको माटोबाट पीडित किसान, बाहिर कामको खोजीमा गएका र उपेक्षित नेपालीका समस्या, शिक्षामा बढिरहेको अराजकता जस्ता कुराको समाधान गर्नु स्थायी वाम गठबन्धनको सरकारको काम हुनेछ । तपाईंले ‘मैले जङ्गलको जीवन बिताएंँ, अब उज्यालोको जीवन बाँच्छु’ (हिन्दुस्तान टाइम्स, नोभेम्बर १८, २००६) भनेको निकै वर्ष भएछन् । सबैलाई उज्यालोको जीवन बाँच्न सक्ने अवस्था सिर्जना गर्न लाग्नुहोला । बाँकी अर्को पत्रमा । कान्तिपुर


