मित्रहरु ! इतिहासका तथ्यहरुलाई स्वीकार गर्न सिकौं : विदेशीले भन्दैमा अकाट्य देववाणी मानेर पृथ्वीनारायण शाहको विरुद्ध उफ्रने काम बन्द गरौ
भक्तपुरका राजा रणजीत मल्ल मारिएका होनन्:
१) भक्तपुरका राजा रणजीत मल्ल मारिएका होनन्, काठमाडौं र ललितपुर जित्दासम्म काखि बजाएर तमासा हेरेर बस्ने भातृहन्तालाई राज्यच्यूत गरी काशीवास पठाइएको हो । इतिहासलाई किन बंग्याउने ?
(२) उसले त भक्तपुरका राजा रणजीत मल्ललाई राज्यच्यूत गरी ईच्छाए बमोजिम काशीवास पठाए, काठमाौंका राजा आफ्नै बाबु लक्ष्मीनरसिंह मल्ललाई जेलमा सडाएर मार्ने प्रताक मल्ललाई के भन्ने ?
(३) यु्द्धमा विजयीहरुले संसारमा जहाँ कहिं पनि उन्माद प्रदर्शन गरेकै छन्, अत्याचार गरेकै छन् । संसारमा कोही पनि विजयीले पराजितहरुलाई खेंधौ सगं दिएर सम्मान गर्दैनन् । यो कुरालाई मान्ने कि नमान्ने ?
(४) केहि किर्तिपुरेहरुको नाक काटिएको कुरामा संधै औडाहामा पर्नु उचित छैन । उनीहरुका पनि राजाकै भाई सूरप्रताप शाहको आँखा फोडिएको, प्रमुख काजी कालु पाँडे मरिएकोमा गर्व गर्न सिक्ने कि नसिक्ने ?
(५) किर्तिपुर एक्लैले गोर्खाली आक्रमणको प्रतिकार गरिरहँदा र भकाभक मरिरहँदा तमासा हेरेर बस्ने काठमाडौं, ललितपुर, भक्तपुरका हाम्रा पुर्खाहरुलाई सबभन्दा पहिले धिक्कार गर्ने कि नगर्ने ?
(६) जोसंग लडाईं लड्नु छ उसैलाई खबर गरेर, निवेदन दरखास्त हालेर कहिं पनि हमला आक्रमण गरीदैन । अनि उसले हामीलाई थाहा पत्तो नदिइकनै आक्रमण गर्यो भनी रुनु कराउनुको अर्थ के ? मित्रहरु, इतिहासका तथ्यहरुलाई स्वीकार गर्न सिकौं ।
– पाना खबरमा प्रकाशित, – महेश्वर श्रेष्ठको फेसबुकबाट


