नारायणकाजीको आक्रोश,- राज्यको पुनर्संरचना गर्दा न्यायालयलाई यथावत् राख्नुको परिणाम हो यो
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अदालत भगवान् नभएको बताएका छन्। मंगलबार एक ट्वीट गर्दै श्रेष्ठले भनेका छन्

राज्यको पुनर्संरचना गर्दा न्यायालयलाई भने यथावत् राखियो। त्यसको पनि परिणाम हो यो। सम्बन्धित सबैले बुझुन्। केसीको गिरफ्तारीलाई उनले कानुनको नाममा गरिएको ज्यादती भनेका छन्।
उनले यसो भनेका छन् –डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादति हो।” अदालतको मानहानि”लाई सत्याग्रही बिरुद्ध हतियार बनाईनु नितान्त गलत छ।फेरि दोहोर्याएर भन्छु,अदालत”भगवान”होइन। राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो। त्यसको पनि परिणाम हो यो।सम्बन्धित सबैले बुझुन् ।


