सामाजिक कार्यमा सक्रिय बन्दै ‘प्रवासी मेमेङ समाज मलेसिया’ !, गर्यो क्यान्सर पीडित राईलाई आर्थिक सहयोग

मलेसिया । निसुम शुक्र चङ्बाङ । बिगत १ बर्ष देखि मुखमा क्यान्सर भइ थला परेर बसेका फालेलुङ गाउँ पालिका वडा न. ३ माङ्लेबुङ पाँचथर निवासी कालू राम राईलाई ‘प्रवासी मेमेङ समाज मलेसिया’ द्वारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

खैनी खाएको ठाँउमा सानो घाउ निस्केको र सो घाउ ठूलो भए पछि चेक जाज गर्दा क्यान्सर भएको र विभिन्न हस्पिटलहरुमा उपचार गराउदा पनि उपचार हुन नसके पछि उनी अहिले घरमै थला परेर बसेका छन । उपचारका क्रममा निक्कै खर्च भएकाले अहिले अवस्था पनि निक्कै नाजुक रहेको बताईएको छ ।

उनको यो पिडामा थोरै भए पनि मलम पट्टि लगाई दिने उदेश्यले फालेलुङ (मेमेङ) बाट रोजगारी तथा विभिन्न रुपले मलेसियामा पुगेकाहरुको सामाजिक संस्था प्रवासी मेमेङ समाज मलेसियाका अध्यक्ष महेन्द्र केरुङको अध्यक्षतामा गत मंसिर २९ गते को बैठकको निर्णय बमोजिम विभिन्न सहयोगीहरु मार्फत संकलन गरिएको जम्मा रु १,१२,६२१ (एक लाख बाह्र हजार छ सय एकाइस रुपैया) आज नेपाल सम्पर्क समिती मार्फत हस्तान्तरण गरेको छ ।

स्थापना कालको छोटो समयमा नै उल्लेखनीय सामाजिक काम गरी सकेको यस संस्थाले १ बर्षको बिचमा विभिन्न पीडितहरुलाई सहयोग गरीसकेको छ । प्रवासमा यो संस्था स्थापना भएर पनि आफ्नो गाउँ ठाँउको लागि सामाजिक काममा सक्रिय रहेको यस संस्थाले यो पटक क्यान्सर पीडित कालू राम राईलाई आर्थिक सहयोग गरी आफ्नो सक्रियता अझ बढाएको हो ।

नेपाल सम्पर्क समितिका अध्यक्ष राजन चङ्बाङको अध्यक्षतामा क्यान्सर पीडित कै निवासमा एक कार्यक्रम गरि प्रावासी मेमेङ समाज मलेसिया का उपाध्यक्ष बिरेन्द्र ‘असीमित’ थाम्सुहाङ को हातबाट सहयोग हस्तान्तरण गरिएको नेपाल सम्पर्क समितिका कोष अध्यक्ष धनेन्द्र केरुङले जानकारी दिनु भएको छ ।

सो सहयोग हस्तान्तरण कार्यक्रम प्रवासी मेमेङ समाज मलेसिया को नेपाल सम्पर्क समितिका सचिब रबि राई ले सन्चालन गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथिक माओवादि केन्द्रका जिल्ला सदस्य कुमार अधिकारी, विशिष्ट अतिथि फालेलुङ गाउँ पालिका वडा ३ का वडा अध्यक्ष वीर बिक्रम थाम्सुहाङ, विशेष अथितिको रुपमा प्रवासी मेमेङ समाज मलेसिया का केन्द्रिय उपाध्यक्ष बिरेन्द्र असिमित थाम्सुहाङ लगायत राजनैतिक पार्टीका विभिन्न पार्टी प्रतिनिधिहरु, समाज सेविहरु, बुद्दिजिवीहरु तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।