युरोपमा पुर्याइ अलपत्र पार्ने तीन जना पक्राउ

काठमाडौँ, २६ पुस । युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा चापकोट नपा–४ घर भई हाल पोखरा बस्ने प्रदीप गिरी र झापा गौरादह नपा– ४ बस्ने ज्ञानेन्द्र अधिकारीलाई पक्राउ गरेको हो ।

उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भनी राहदानीमा नक्कली प्रवेशाज्ञा लगाई प्रतिव्यक्ति रु आठ लाख ५० हजार लिएर टर्कीमा पु¥याइ दुई महिनासम्म श्रमशोषण गरी अलपत्र पारेका थिए ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले हालसम्म आठ जना पीडित व्यक्ति ब्यूरोको सम्पर्कमा आएको र अरु व्यक्ति पनि पीडित भएको हुनसक्नेबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतको आदेशले म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जनाएको छ । निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ३ र ४ को कसुरमा दफा १५ (१) (क) अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।