सन्दीप लामिछाने आइपीएलको ‘अक्सन’मा परेपछि नेपाली क्रिकेटमा खुसियाली : माइकल क्लार्कले के भने ?

काठमाडौं, माघ ७ । नेपाली स्पीन बलर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको खेलाडी छनोट ‘अक्सन’मा समावेश भएपछि नेपाली क्रिकेटमा खुसियाली छाएको छ ।

अहिलेसम्म सम्पन्न आइपीएलका १० संस्करणसम्म एकजना पनि नेपाली खेलाडी अक्सनमासमेत पर्न सकेका थिएनन् ।

सन्दीपको नाम अक्सनमा परेसँगै अष्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कले खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सन्जाल ट्वीटरमार्फत् आफू भए उनलाई टिममा समावेश गर्ने प्रतिक्रिया दिएका छन् । उनले सन्दीपलाई ‘आकर्षक क्षमता र फुच्चे च्याम्पियन’को संज्ञा दिएका छन् ।

आइपीएलको अक्सनमा सन्दीपको बोली न्यूनतम् २० लाख भारतीय रुपैयाँबाट सुरु हुनेछ । अक्सन माघ १३ र १४ गते हुँदैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।