भारतले अतिक्रमण गरी ५० बिघा जमिन मिच्दा पनि नापी बिभागले नेपालको सिमा मिचिएको छैन भन्ने अभिव्यक्ति दिएपछि, नबिना र रन्जितले प्रमाण दिदै नेपाल सरकारलाई दिए यस्तो चेतावनी (भिडियो सहित)

काठमाण्डौ ८ माघ । सीमा क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न विद्यार्थीहरुले नेपाल र भारत दुवै सरकारलाई आग्रह गरेका छन् ।

भारत सरकारले अतिक्रमण गरि ५० मिटर नेपाली जमीनमा आफ्नो सीमा निमार्ण गराउनकालागि पिल्लर गाडेको बताउँदै दुवै सरकारलाई विद्यार्थीहरुले सीमा समस्या समाधान नगरे निरन्तर आन्दोलन गरिने चेतावनी समेत दिएका छन् ।

वीरगञ्ज सीमा क्षेत्रमा देखिएको समस्याको बारेमा अध्ययन गरेर काठमाण्डौ फर्किएपछि अनेरास्वीयुका अध्यक्ष नवीना लामाले लाईट नेपालसंग कुराकानी गर्दै भनिन्,“हामीले सीमा मिचिएको स्थानको स्थलगत अनुगमन गर्दा त्याहाँ हामीले नेपाली जनताले भोग चलन गरेको नेपाली जग्गामा भारतीय सरकारले सीमा मिचेर पिल्लर गाढेको पायौं ।” उनले थपिन्,“जुन कुराको सबै प्रमाण जुटाएर प्रतिबेदनका साथमा हामीले सरकारलाई समस्या समाधानकालागि निरन्तर दबाब दिने छौं ।”

सीमा क्षेत्रकालागि अनुगमनमा गएका अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले भन्छन्,“नापी विभागले भारत सरकारले नेपालको कहींकतैको सीमा मिचेको छैन भन्छ । हामीले प्रमाण दिएर भन्छौं, नेपालको सीमा मिचिएको छ । त्यो पनि ५० औं विगाहामा । उनले भने,“यदि हामीले दिएको प्रमाणले पुग्दैन भने अन्य तथ्याङ्क दिन पनि तयार छौं । तर नेपाल र भारत दुवै सरकारले समस्या समाधानकालागि तत्काल पहल कदम चाल्नु पर्छ ।”

दुवै विद्यार्थी संगठनका अध्यक्षको नेतृत्वमा विद्यार्थीहरुले सीमाको अध्ययन तथा अनुगमन गरका छन् । सीमा मिचिएको प्रमाण नेपाल सरकारलाई पेश गर्दापनि यदि त्यसको सुनुवाई नेपाल सरकारले नगर्ने हो भने विद्यार्थीहरु निरन्तर दबाबपुर्ण आन्दोलनमा उत्रनेछन् भन्दै लामा र तामाङले संयुक्त रुपमा चेतावनी समेत दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।