नेपालको शानदार जित !, युएईलाई ज्ञानेन्द्र एक्लैको स्कोर भारि

आइसीसी बिश्व क्रिकेट लिग डिभिजन दुईको तयारीको लागि युएईमा रहेको नेपाली टोलीले क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ। नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएई ए टिमलाई १९३ रनको भारी अन्तरले पराजित गरेको हो।

३३४ रनको विशाल चुनौति पछ्याउदै ब्याटिङ गरेको युएईको ए टिमले ४२.४ ओभरमा सबै विकेटको क्षतिमा १४० रन मात्रै बनाउन सक्यो । युएई टिमले नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको १५४ रन जति पनि बनाउन सकेन।

युएई ए टिमका मोहम्मद क्वासिमले ४१ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा युएईले लज्जास्पद पराजय भोगेको हो।नेपाली खेलाडीको कसिलो बलिङमा युएई ए टिमका खेलाडी टिक्न सकेनन् ।

नेपालका लागि सन्दिप लामिछानेले ४ विकेट लिए । आईपीएलमा दिल्ली डेभियर्सबाट खेल्न लागेका सन्दिपले १० ओभरमा मात्र ३६ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै, कप्तान पारस खड्काले २, सोमपाल कामी र शक्ति गौचनले समान १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३३ रन बनाएको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले १५४ रन बनाए । ज्ञानेन्द्रले १३१ बलमा १७ चौका प्रहार गर्दै १५४ रन बनाएका हुन् ।

नेपालका लागि अर्का ओपनर दिलिप नाथले पनि अर्धशतक बनाएका थिए । दिलिप ७९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाउदै आउट भए । ज्ञानेन्द्र र दिलिपले १४२ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि अनिलकुमार शाह भने सस्तैमा आउट भए । अनिल १४ रन बनाएर आउट भए । अनिलपछि ब्याटिङमा आएका दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । ऐरी ३४ बलमा ३४ रन बनाएर आउट भए । ऐरीपछि ब्याटिङ गर्न आएका आरिफ शेखले राम्रो ब्याटिङ गरे । उनले अविजित ३३ बलमा ४१ रन बनाए ।

यस अघि नेपालले हिजोको खेल २५ रनले जितेको थियो। नेपालले त्यहाँ ३ अभ्यास खेल्ने तालिका छ । युएईमा डिभिजन टु को तयारी गरिरहेको नेपाली टिम त्यतैबाट नामिविया जाने छ । डिभिजन टु फेब्रुअरी ८ देखि १५ सम्म नामिबियामा हुँदैछ । प्रतियोगितामा नेपालसहित नामिबिया, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् । – बिजपाटी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।