अब विरामीले निःशुल्क रगत पाउने व्यवस्था हुनुपर्छ : नेता थापा

धुलिखेल, २० माघ । पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखा, लायन्स क्लब अफ काभ्रे शाखा र ब्लड डोनर्स एशोसिएसन नेपाल काभ्रे शाखाको संयुक्त आयोजनामा भएको रक्तदाताको सम्मान कार्यक्रममा बोल्दै उहाँले दान गर्नेले निःशुल्क रुपमा गरेको हुँदा पाउनेले पनि निःशुल्क रुपमा पाउने व्यवस्था गनुपर्ने बताउनुभयो । त्यसका लागि रगत सुरक्षित गर्ने, गुणस्तर र व्यवस्थित गर्ने काममा लाग्ने खर्चका लागि रेडक्रस र मन्त्रालयले विकल्प खोज्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

“मैले स्वास्थ्य मन्त्री हुँदा त्यस विषयमा रेडक्रससँग छलफलको प्रक्रिया अगाडि बढाइसकेको थिएँ, आशा छ अब बन्ने नयाँ सरकारले पनि त्यस विषयमा छलफल अगाडि बढाएर नयाँ नीति ल्याउनेछ”, थापाले भन्नुभयो ।

सो अवसरमा उहाँले प्रत्येक नागरिकले स्वास्थ्य बिमा गर्ने व्यवस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । “आफ्नो वार्षिक आम्दानीको आधारमा स्वास्थ्य बिमा गर्ने र आम्दानी नै नभएकाहरुका लागि सरकारले नै स्वास्थ्य बिमा गर्ने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा रक्त सञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले अहिलेसम्ममा दुई लाख ३० हजारभन्दा बढीले रक्तदान गरिसकेको बताउनुभयो । “अब हाम्रो देशमा कृत्रिम रगत छैन, रक्तदाता देशैँभरि भएकाले रगतको अभावमा कृत्रिम रगत खोज्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

सो अवसरमा उहाँले कुल रक्तदाता संख्याको १५ प्रतिशतमात्रै रक्तदाता महिला भएकाले त्यसलाई बढाएर यस वर्षमा ३० प्रतिशत पु¥याउने अभियान चलाइरहेको बताउनुभएको छ ।

कार्यक्रममा ५० पटकभन्दा बढी रक्तदान गर्ने काभ्रेका १० जना रक्तदातालाई सम्मान गरी बाजागाजासहित बनेपा नगर परिक्रमा गराइएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।