मलेसिया टेक्ने बितिकै सुरु हुन्छ नेपालीको हेपिने दिन !

एजेन्सी । नेपालमा रोजगारी नभएपछि नेपालीहरु विदेश जाने गरेका छन् । नेपालीहरु मलेसिया, कतार, कुवेत लगाएतका दशहरुमा कामको शिलशीलामा पुगिन्छ । पहिलो पटक विदेश छिरेकालाई त्यस ठाउँको संस्कृती र भाषाको ज्ञान नभएपछि हेपिने क्रम त सुरु भैहाल्छ ।

मलेसिया जाने नेपाली धेरै समस्यामा परिरहेका छन् भन्ने कुरा चर्चा भइरहन्छ । उनीहरुको समस्या मलेसिया गएर काम गर्न थालेपछि नभइ मलेसियाको एयरपोर्टमा ओर्लिंदादेखि नै सुरु हुन्छ । एयरपोर्टमा एउटा कोठा हुन्छ ।

त्यो कोठामा ५ सय भन्दा धेरै नेपालीलाई कोचेर राखिएको हुन्छ । बिमान आउँदा सबै थालेका हुन्छन् । तर उनीहरुले सुखले बस्न पनि पाउँदैनन् । उनीहरुलाई कम्पनीको मान्छे कति बेला लिन आउला भन्ने चिन्ताले सताइरहेको हुन्छ ।

कम्पनीको मान्छेलाई १२ घण्टादेखि १५ घण्टासम्म पर्खिनुपर्छ । त्यतिबेला निद्राले थारै झल्यो भनेपनि पुलिसले दुव्र्यवहार गर्ने मलेसिया पुगेकाले जानकारी दिएका छन् । कम्पनीको मान्छे लिन नआउँदा कतिले त एक महिनासम्म त्यस्तो व्यवहार सहेर बस्न बाध्य भएको छ ।

एयरपोर्टबाट कम्पनी पुगेपछि अर्को तनाव सुरु हुन्छ । सबै कम्पनीमा हुँदैन । तर मलेसियाका धेरै कम्पनीले कामदारलाई गर्ने व्यवहार राम्रो छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।