‘दिल निशानी मगर ले उमालिरहेको पानी भुतले सुकाईदियो’

नेपालमा भूतको चर्चा अचेल अचाक्ली चलिरहेको छ । सिधा कुरा जनता संग कार्यक्रमबाट भुत प्रेत बिषयको सामाग्री प्रसारण भए संगै भुतको चर्चा चुलिएको हो ।

एउटा बस्तीमा रहेको घरमा भुत प्रेतले सताई रहेको बिषयलाई रबि लामिछानेले राष्ट्रिय टेलिभिजनको ‘सिधा कुरा जनता संग’ कार्यक्रम मार्फत प्रसारण गरेपछी उक्त बिषयलाई गम्भीरताका साथ् लिनु भन्दापनि व्यंग्य गर्नेहरुको जमात ह्वात्तै बढेको छ ।

एका बिहानै चर्चित लेखक दिल निशानी मगरले ‘पिउन पर्यो भनेर उमाल्दै गरेको पानी भाँडो मै गायब भएछ भन्दै रबि तिर बाण सोझ्याए ।

रबि लामिछाने संग वाक युद्दको जुहारीमा पौठेजोडी खेलीरहेका दिल निशानिले व्यंग्यात्मक तर कूटनीतिक भाषा प्रयोग गरेर ‘कतै यो पनि भुतको चलखेल त हैन यार’ भन्दै रविको खिल्ली उडाएका छन् ।

यस्तै भुत बिषयलाई व्यंग्य गर्दै एक फेसबुक कर्ताले यसै प्रसंगमा भनेका छन् ‘जसलाई भेटेपनी ज्वोरो आको छ मात्रै भन्छन् । के यो भुत आतंक हो ? लौन रबि दाइ”

अनावश्यक भूतको प्रसारणलाई बढावा दिएको भन्दै अर्का फेसबुक कर्ताले बिज्ञानको पक्षमा उभिएर यस्तो स्टाटस लेखेका छन् ‘अब सिधा कुरा जनता संग होइन सिधा कुरा भुत संग गर्ने माइक्रोफोन रबि लामिछाने लाई सम्पर्क गर्दा राम्रो । २१ औं शताब्दीको बिज्ञानको युगमा अमेरिकाबाट भुत प्रेत लिएर राष्ट्रिय टेलिभिजनबाट नै प्रसारण गर्ने रबि लामिछाने जि त्यो विश्व भरी मानव नरसंहार गरेको साम्राज्यवादको भुत निकै खतरा किसिमको होला है ? आध्यात्मिक चिन्तनले पनि भुत प्रेत नदेखेको बेला रबि लामिछाने जिको त्यो अमेरिकन माइक्रोफोन र त्यो टिभीमा कैद भएको भुत अमेरिका मै छोड्नु होला भन्दै ति व्यक्तिले भनेका छन् ‘अब सिधा कुरा जनता संग होइन अब सिधा कुरा भुत संग गर्ने बेला आएकै हो त रबि लामिछाने जि ?’

– लाईट नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।