वर्षाले रोकिएको खेल सुरु, नेपाल गर वा मरको अवस्थामा

माघ २५ । डिभिजन टूमा नामिबियाविरुद्ध सहज १३९ रनको विजयी लक्ष्य पाएको नेपाल अहिले गर या मरको स्थितिमा रहेको छ ।

पानी परेर केही समय रोकिएको खेल सुरु भएको छ ।

अहिले क्रिजमा वसन्त रेग्मी र सोमपाल कामी रहेका छन् । अब नेपाललाई जितका लागि ४२ बलबाट २८ रन आवश्यक रहेको छ । सोमपाल २२ बलमा १२ रन तथा वसन्तले ५ बलमा ३ रन बनाएका छन् ।

नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गर्यो । झिनो लक्ष्य पाएको नेपाल अब जितका लागि सोमपाल र वसन्तले कस्तो प्रदर्शन गर्छन् भन्नेमै भर पर्नेछ । उनीहरु टिकेर खेलेमा ३६ बलबाट २६ रन निकाल्नु खासै समस्या हुनेछैन ।

नेपालका लागि शरद भेषावकरले सर्वाधिक २९ रन बनाए । पारस खड्काले १९ तथा रोहित पौडेलले १७ रनको योगदान दिए । त्यस्तै ज्ञानेन्द्र मल्लले १५ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन समेत सकेनन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।