टस जितेर ओमानले फिल्डिङ रोज्यो, नेपाल पहिले ब्याटिङमा

काठमाडौं, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग ‘डिभिजन टू’अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

नामिबियाको विण्ढोक क्रिकेट मैदानमा टस जितेर ओमानले नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध संघर्षपूर्ण जीत दर्ता गरेको थियो भने ओमान क्यानडासँग पराजित भएको थियो।

ओमान डिभिजन थ्रीबाट बढुवा भएको टोली हो ।

तुलनात्मकरूपमा सहज प्रतिद्वन्द्वी मानिएको ओमानसँग पछिल्लो २ भेटमा भने नेपाल निरास बनेको छ । त्यसअघि नेपाल ओमानसँग अपराजित थियो। सन २०१४ को मेमा २ विकेटले हारेको नेपालले र सन २०१५ को नोभेम्बरमा भएको भेटमा ३ विकेटले नतिजा सुम्पिएको थियो ।

६ टोली सहभागी यस प्रतियोगितामा शीर्ष २ मा पर्न नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ । नेपालले बलिया प्रतिद्वन्द्वी युएई र केन्यासँग खेल्न बाँकी नै छ । कुनैबेला विश्वकपसमेत खेलेको क्यानडाले पनि प्रतियोगितामा रवाफिलो शुरुवात गरिसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।