“बुद्ध वाज वोर्न इन नेपाल” अभियानलाई साथ दिन कलाकार मंच इजरायलको सहयोग अभियान

इजरायल । गायक धिरज राई र पत्रकार रवि लामिछाने मार्फत संचालन भइरहेको ‘बुद्ध वाज वोर्न इन नेपाल’ अभियानलाई साथ दिन इजरायलमा रहेका नेपालीहरुपनि जागरुक भएका छन् ।

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलको पहलमा उक्त महान अभियानमा साथ दिन आर्थिक सहयोग संकलन अभियान संचालन गर्न लागिएको हो । इजरायलमा रहेका तमाम नेपाली दाजुभाई, दिदीबहिनी तथा संघ सस्थाहरुलाई यस अभियानमा साथ दिन अनुरोध गर्दै मंचले आज एक बिज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ । बिज्ञप्तिमा भनिएको छ शान्तिका अग्रदुत महामानव गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । हामी सबै नेपालीलाई थाहा छ तर संसारका धेरै देश र त्यस देशका नागरिकलाई थाहा छैन। गलत र भ्रामक तरिकाले छिमेकी देशले प्रचारप्रसार गरिरहेको हुँदा त्यसलाई रोक्न साथै अब आउने सन्ततिहरुमा अन्योलता नहोस भन्ने उदेश्यका साथ संचालन हुदै गरेको यस ‘बुद्ध वाज वोर्न इन नेपाल’ अभियानमा तपाईहरु सम्पूर्णको साथ चाहिएको छ सकेको आर्थिक सहयोग गरौ ।

गायक धिरज राईले बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैल्याउन नयाँ रेकर्ड बनाएर गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउन यस अभियानको थालनी गरेका हुन । भारतले बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भनेर विभिन्न माध्यमबाट दाबी गरिरहेको भन्दै गायक राईले उक्त दाबीलाई ‘चिर्न’ गिनिज बुकमा नाम लेखाउन लागेको जनाएका छन् ।

यसका लागि शैनिक मञ्च टुँडिखेलमा ५०-७५ हजार मानिस भेला भएर बुद्धको उपदेश पढेर नयाँ रेकर्ड बनाउने तयारी गरिएको उनले जनाए । “माघ २७ गते शैनिक मञ्च टुँडिखेलमा ५०-७५ हजार व्यक्ति एकैपटक जम्मा हुने बताइए पनि केहि ब्यक्तिहरुले धोका दिएर साथै आर्थिकरुपमा समस्या भएकोले फाल्गुण २७ गतेलाई सारिएको राईले बताएका छन् ।

राईका अनुसार ७५ हजार बढी मानिसलाई भेला गर्न अत्याधिक आर्थिक समस्या परिरहेकोले विश्वभर रहेका नेपालीहरुलाई सहयोग गर्दै यस महान कार्यमा सहयोगगर्न अनुरोध गरिए बमोजिम इजरायल लगायत बिभिन्न देशमा सहयोग अभियान संचालन हुनथालेका छन्।

उक्त दिन उपस्थित ५०-७५ हजारले उपदेश दोहोर्याएर ‘बुद्ध वाज वोर्न इन नेपाल’ भन्नुहुनेछ । यसको मुख्य उद्धेश्य भनेको बुद्ध नेपालमा जन्मिनु भएको हो भनेर विश्वभर सन्देश प्रवाह गर्नु हो ।”

यसअघि यस्तै प्रकारको रेकर्ड भारतले ४७ हजार व्यक्तिको उपस्थितिमा गरेको हुनाले त्यसलाई तोड्न ४७ हजारभन्दा धेरै सहभागीको आवश्यकता हो ।

‘विश्व किर्तीमानी परिषद्’ ले आयोजना गर्न लागेको यस कार्यक्रममा धिरज राई र पत्रकार रवि लामिछाने मुख्य अभियान्ताका रुपमा रहेका छन् । राईले सन् २००६ देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियान चलाउँदै आएका छन् भने पत्रकार लामिछानेले बुद्ध नेपालमा जन्मिएको सन्देश दिन विश्वमै सबैभन्दा लामो लाइभ अन्तवार्ता लिएर गिनिज बुकमा नाम लेखाइसकेका छन् ।

राई र लामिछानेलाई परिषद्ले यो अभियानको सद्भावना दूतको जिम्मेवारी दिएको छ । विश्व किर्तीमानी परिषद् नेपालबाट गिनिजबुकमा नाम लेखाउनेहरु आबद्ध रहेको संस्था हो ।

थप जानकारीका लागी यो भिडियो हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।