हेर्नुहोस नेपाल र युएइबीचको प्रत्यक्ष प्रसारण
काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल आज युएईसँग तेस्रो खेल खेल्दै छ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
आइतबार नेपाली समय अनुसार अपरान्ह सवाँ १ बजेदेखि खेल हुने भनिए पनि वर्षाले मैदान ओसिलो भएको भन्दै निर्धारित समय भन्दै धेरै ढिलो गरी खेल सुरु हुन लागेको हो । मैदान ओसिलो भएको भन्दैखेल ३४ ओभरमा घटाइएको छ ।
नामिबियाको ट्रस्टको युनाइटेड मैदानमा निर्धारित समयभन्दा ३ घन्टा ढिलो सुरु हुन लागेको खेलमा युएईले पहिले ब्याटिङ गर्नेछ ।
पहिलो खेलमा जित निकालेका दुवै टिम दोस्रो खेलमा पराजित भएका थिए । डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टिमका लागि खेल महत्वपूर्ण छ ।
https://youtu.be/XOnXDhpkVco


