टस जितेर फिल्डिङ रोजेको नेपालले केन्याको दोस्रो विकेट झार्यो – हेर्नुहोस् लाईभ भिडियो सहित
काठमाडौं, माघ २९ । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु भएको खेलमा नेपालले टस जितेर अहिले फिल्डिङ रोजेको थियो । छ । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।

आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको दोस्रो विकेट झारेको छ । नेपालका सन्दिप लामिछानेले १८ औँ ओभरको चौथो बलमा केन्याका डिएम गोन्डारियालाई ४ रनमै पेभेलियन फर्कादिएका हुन् ।
यसअघि १७ औं ओभरको अन्तिम बलमा सन्दिपले नै केन्याको पहिलो विकेटका रुपमा एए ओबान्डाको विकेट लिएका थिए । ओबान्डाले ४६ बल खेल्दै ५ चौकासहित ४१ रन बनाएका थिए । अहिले २० ओभरको समाप्तिमा केन्याले २ विकेट गुमाउँदै ७७ रन बनाएको छ ।
यसअघि खेलेका तीन खेलमध्ये नेपाल दुई खेलमा विजयी भएको छ भने एक खेलमा हारेको थियो । पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो । शनिबार भएको तेस्रो खेलमा भने युएइलाई ४ विकेटले हराएको थियो ।
तीनमध्ये दई खेल जितेको नेपाल ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने दुई खेल खेलेर दवौन हारेको केन्या अंक तालिकाको पुछारमा रहेको छ ।
https://youtu.be/7HyCSAyDy7U


