नेपालले केन्याको सातौं विकेट झार्यो
काठमाडौं, माघ २९ । आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको सातौं विकेट झारेको छ ।

सातौं विकेट शरद भेषावकरले लिएका हुन । उनले केन्याका गुरदिप सिंहलार्इ २ रनमा अाउट गरेका हुन् । यसअघि छैंटौ विकेट सोमपाल कामीले लिएका थिए ।
४३ औं ओभरमा सोमपालले २७ रन बनाएर खेलिरहेका केन्याका कोलिन्स ओबुन्यालाई आउट गरेका हुन् । यसअघि सन्दीप लामिछानेले ४ विकेट लिदा वसन्त रेग्मिले एक विकेट लिएका छन् ।


