केन्याले नेपाललाई दियो १७८ रनको चुनौति
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिगमा केन्याले नेपालसामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा जारी खेलमा नेपालले केन्याको सामना गरिरहेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई व्याटिङको निम्तो दिएको हो।
कुल ५० ओभरको खेल खेलेको केन्याले खराब शुरुवात गरेको थियो तर क्रमात्मक लय समातेको केन्याले ८ विकेटको क्षतिमा १७७ रन बटुल्न सफल भयो।


