नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसिलयामा श्रमिक सचेतना

काठमाडौँ, ९ फागुन । नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालयलगायत निकायबाट प्राप्त हुने सेवा र मलेसियामा रहँदा नेपाली श्रमिकले ख्याल राख्नुपर्ने श्रमसम्बन्धी विषयमा जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपाली कामदारले उद्धार, क्षतिपूर्ति तथा श्रमिकको अकाल मृत्युको कारण र अपनाउनुपर्ने सावधानीबारे सरकारी अधिकारीसँग जिज्ञासा राखेको दूतावासले आज जनाएको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका कावा राजदूत सुधीर भट्टराईले नेपाली श्रमिकलाई आतिथेय मुलुकको कानूनको बर्खिलाफ हुने गरी गतिविधि नगर्न आग्रह गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।