साउदी अरबमा ७ महिनादेखि २३ नेपाली अलपत्र, राम्रोसँग खाना समेत पाएनन्
एजेन्सी । वैदेशिक रोजगारीका लागि धेरै नेपालीहरु खाडी मुलुकमा गइरहेका छन् । खाडी मुलुक पुगेका उनीहरु कयौ दुःख भाग्न बाध्य हुन्छ । यस्तै साउदी अरबमा पुगेका २३ नेपाली ७ महिनादेखि अलपत्र परेका छन् । काठमाडौंस्थित प्रिंस अन्तरराष्ट्रिय रोजगार सेवा प्रा.लिबाट ७ महिना अघि साउदी अरब पुगेका उनीहरू बिचल्लीमा परेको छ ।
साउदी अरबस्थित इम्प्राटोर सोलुशन कन्ट्रयाक्टिङ इस्ट कम्पनीमा कामदारको रूपमा गएका उनीहरूलार्इ कम्पनीले अस्वीकार गरिएको छ । उनीहरूलार्इ त्यहाँ पुगदखिनै अहिलेसम्म कम्पनीले पैसानै दिएको छैन । २३ जना नेपालीहरू अहिले कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
पुगेको भोलिपल्टबाट काम आज दिन छु भोलि दिन्छु भन्दै ७ महिना बितिसक्दा पनि कम्पनीबाट केही नपाएका पीडित रामजतन कामतीले बताए
नेपाली दूतावासमा पटपट गएतापनि कुनै आश्वासन नपाएको र साउदी अरबको लेबरकोटमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएकोमा पीडितहरुले जानकारी दिए । उनीहरुलाई पटकपटक पुलिसले पक्राउ गर्दै छोड्ने गरेको र राम्रोसँग खाना खान समेत नपाएको बताए ।


