भ्रष्टाचारीहरु लाई पनि ड्याम्म ईन्काउन्टर गर्न मिल्दैन ?

नेपालमा मृत्युदण्डको क़ानून छैन तर सरकारले चाहने हो भने गुण्डा नाईकेहरुलाई यसरी ड्याम्म ईन्काउन्टर गर्न मिल्ने रहेछ नि ! मोस्ट वान्टेड अभियुक्त मनोज पुन र सोम आले प्रहरी ईन्काउन्टरमा मारिएको घटना पछि बिभिन्न राजनैतिक र ब्यावसायिक आवरणमा गुण्डागर्दी गरी लुटपाट र हत्या गर्नेहरु पक्कै पनि निरुत्साहित भएको हुनुपर्छ।

यो ईन्काउन्टर हो या हत्या हो त्यो संग मलाई ब्यक्तिगत रुपमा कुनै सरोकार छैन किनकी यस्ता गुण्डा प्रति राज्यले कुनै सदासयता देखाएर मानवअधिकारको हवाला दिनु आवश्यक म देख्दिन। यिनीहरुले हजारौँको मानव अधिकार हनन गरेको कुरा स्मरण गर्ने या नगर्ने? किनकी जघन्य अपराधमा पनि नेतृत्वकै सदासयताले गर्दा झिनो सजाँय भोगेर जेल मुक्त भएका कुरा नौला होईनन्।

तर बिडम्वना ! यस्ता गुण्डाहरु चल्ता पुर्जाकै राजनीतिक पार्टीका बहालवाला वा निवर्तमान सकृय कार्यकर्ता नै थिए र अझै पनि छन्। कतिपय त पार्टीहरुकै निगाहमा सांसद सम्म बनेका छन्। जसलाई संरक्षण गर्नेहरु हाई प्रोफ़ाईल नेताहरु छन्, जसकै छत्र छाँयामा यिनीहरु हुर्के बढेका छन्। ईन्काउन्टरमा घाईते भएकालाई भेट्न जानु, मर्दा मारिदा लाखौँ जनताको हिडडुल गर्न पाउने अधिकार कुल्चेर बन्द हडतालै गर्नु, तिनै गुण्डाहरुबाट दर्जनौ मान्छे मारिदा चुँक्क नबोल्नेहरु गुण्डा नाईके मारिदा मानवअधिकारको हवाला दिनु, ठेक्का पट्टामा गुण्डा नाईकेहरुकै बोलबाला हुनु आदि करनी र कथनी त हाम्रै श्रद्धेय नेताज्यू हरुले गर्नु भएकै हो नि हैन र ?

गुण्डा नाईकेका संरक्षक महागुण्डा नाईके र भ्रष्टाचारीहरुलाई पनि ड्याम्म ईन्काउन्टर गर्न सक्ने कुनै महापुरुष जन्मेको छैन नेपालमा? हुन त ईन्काउन्टर गर्नु पर्ने मान्छेलाई फूलमालाले सजाएर बजार घुमाउने संस्कृति हाम्रै देशमा छ।

अहिले नयाँ सरकारले शान्ति सुरक्षाको अवस्थामा केहि महत्वपूर्ण सुधार गर्ने अपेक्षा गरिएको छ तर सरकारकै दलमा अझै पनि धेरै साना ठूला गुण्डाहरु पर्याप्त छन्, चुनाव जित्न र शक्तिमा टिक्न नेतृत्व पङ्तिले बेला बेलामा प्रयोग गर्दै आएका त्यस्ता गुण्डाहरु क्रमश: नेतृत्वकै लागि प्रत्युत्पादक हुने निश्चित छ। त्यसैले राजनीतिको आवरणमा हुने सबै खाले गुण्डागर्दीको समूल नष्ट नभएसम्म देशमा सुशासन क़ायम हुन सक्दैन।

देशको सबै क्षेत्रमा भुसको आगो जस्तै फैलिएका सबै खाले गुण्डाहरुलाई ड्याम ड्याम ईन्काउन्टर गर्ने दिन कहिले आउँछ? तीन करोड़ नेपालीको मानव अधिकार तीन चार सय(सबै थरीका गुण्डाहरु)ले हनन गरिरहने कहिलेसम्म भईरहन्छ?

ईन्काउन्टर जिन्दावाद !



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।