ओली नेतृत्व सरकारमा राजपा सहभागी नहुने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी सहभागी हुने चर्चा चलिरहेकै बेला राजपा संयोजक महन्थ ठाकुरले आफूहरू सरकारमा जाने विषयमा कुनै औपचारिक छलफल नै नभएको बताएका छन्।

शुक्रबार पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकमा ठाकुरले वर्तमान सरकारका सत्ता सहयात्रीले राजपासँग कुनै औपचारिक वार्ता नगरेको भन्दै ‘राजपा सरकारमा जाने’ भन्ने हल्लाको पछाडि नदौड्न आग्रह गरेका थिए।

शुक्रबार बैठकमा सहभागी नेता राजेन्द्र महतोले भने, ‘बैठकमा संयोजक ठाकुरले अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने कुरा स्पष्ट पार्नुभयो।’

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा राजपा अध्यक्ष मण्डलका एक नेता अनिल झाले पनि संविधान संशोधन नभएसम्म राजपा सरकारमा नजाने दाबी गरेका थिए।

उपेन्द्र यादव नेतृत्वको फोरमसँग वाम गठवन्धनले सहमति गर्न लागेको समाचार बाहिरिए लगत्तै उनले राजपा सरकारमा जाने विषयमा कुनै कुरा नभएको जनाउ दिएका हुन्।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि प्रधानमन्त्री निवास बालुवाटारमा संवाद भइरहँदा फोरम अध्यक्ष उपेन्द्र यादव पनि बालुवाटार प्रवेश गरेका थिए। यसले फोरम सरकारमा सहभागी हुने आँकलन गरिएको थियो।

फोरम अध्यक्ष यादवले पनि संविधान संशोधन लगायतका कुरामा सहमति नभए आफू सरकारमा नजाने बताइसकेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।