मधुवन नगरपालिकाको कार्यालयमा बम विस्फोट

बर्दिया, फागुन १३ । बर्दियाको मधुवन नगरपालिकाको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।

विस्फोटबाट नगरपालिकाको उपप्रमुख बस्ने कोठाका झ्यालका सिसा फुटेका छन् ।

स्थानीयका अनुसार अनटेस्ट मोटरसाइकलमा आएका दुईजनाले झोला राखेका थिए । झोला राखेर मोटरसाईकल चढेलगत्तै ठूलो आवाजमा बम पड्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

टाइम बम हुन सक्ने प्रहरीले अनुमान गरेको छ । विस्फोटबाट मानवीय क्षति नभए पनि भवनको उत्तरतर्फको झ्याल तथा नजिकै बन्दै गरेको पार्टी प्यालेसको भवनको सिसा फुटेका छन् ।

घटनामा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । विस्फोटपछि मधुवन नगरका स्थानीय त्रसित बनेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।