ओली बन्ने भए शक्तिशाली प्रधानमन्त्री, एकाएक यसरी जुट्यो सरकारमा दुई तिहाई
काठमाण्डौ, १४ फागुन । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । सो पार्टीबाट फोरम अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
यादवले उपप्रधानमन्त्री सहित पराराष्ट्र मन्त्रालयको जिम्मा पाउने छन् । उनले आजै शपथ लिने स्रोतले बताएको छ । फोरम सरकारमा सहभागी हुने भएपछि सरकारसँग दुई तिहाई बहुमत पुग्ने भएको छ ।
एमालेको १२१ र माओवादीको ५३ जोड्दा १ सय ७४ हुन्छ । २ सय ७५ सदस्यीय संसदमा दुई तिहाईका लागि १८५ मत अर्थात् सांसदको समर्थन आवश्यक पर्छ । संघीय समाजवादी फोरमको १६ जोड्दा सरकासँग १ सय ९० सांसदको समर्थन हुनेछ ।
उपेन्द सरकारमा जाँदा पोखरेललाई झड्का
फोरम अध्यक्ष यादव सरकारमा गएपछि एमाले महासचिव ईश्वर पोखरेललाई झड्का परेको छ । मन्त्रीको मर्यादाक्रममा उनी यादव भन्दा पछि हुन्छन् । अर्थ मन्त्री बन्न लागेका उनी सामु उपप्रधानमन्त्री सहित अर्थ लिएर जानुको बिकल्प छैन । तर धेरै उपप्रधानमन्त्री राख्ने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक नभएको बालुवाटार स्रोतले जानकारी दिएको छ।


