४ मन्त्रीको शपथमा ३ थरी पोशाक !

काठमाडौँ, १४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ दिलाइएको हो ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिनु भएपछि सामूहिक तस्बिर खिँचाउँदै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र नवनियुक्त मन्त्रीहरु । तस्बिर : रोशन सापकोटा, रासस

आज शपथ लिने मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा हुनुहुन्छ । पोखरेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा खतिवडा अर्थ मन्त्री बन्नुभएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,नेकपा ९एमाले०का नेता तथा कार्यकर्ता, नेपाल सरकारका कर्मचारी, सञ्चारकर्मीको उपस्थिति थियो ।

अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बन्नुभएको हो । यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहनुभएका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो । यस्तै, गृहमन्त्री बन्नुभएका थापा तत्कालीन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री हुनुहुन्थ्यो ।

यस्तै, एमाले महासचिव पोखरेल यसअघि पनि मन्त्री भइसक्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव पनि यसअघि मन्त्री भइसक्नुभएको छ ।

शपथ ग्रहण समारोहमा उपस्थित हुँदा एमाले मन्त्रीहरू दौरासुरुवालमा देखिए पनि माओवादी मन्त्रीहरुले फरक पोशाक लगाए । थापा कोटपाइन्ट तथा यादव मिथिलाञ्चलको मौलिक पहिचान झल्किने कुर्था पाइजामामा गम्छा भिरेर शपथमा सहभागी भए । पोखरेल र खतिवडा भने दौरासुरुवालमै सजिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।