आत्मसमर्पण गरेका रेशम चौधरीलाई अदालतको यस्तो आदेश

कैलाली, १४ फागुन । जिल्ला अदालत कैलालीले नवनिर्वाचित सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । त्यसअघि दिनभर चौधरी प्रतिवादी रहेको रिटमा बहस भएको थियो ।

टीकापुर घटनाका आरोपी चौधरीले सोमबार अदालतमा आत्मसमर्पण गरेका थिए ।

अदालतको आदेशपछि चौधरीले अदालतले पूर्वाग्राही फैसला गरे पनि आफूले त्यसको सम्मान गर्ने प्रतिक्रिया दिए ।

अन्त्यमा आफूले न्याय पाउने उनको विश्वास छ ।

चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले अहिलेसम्म जितको प्रमाणपत्रसमेत बुझेका छैनन् । लोकान्तर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖