अस्पताल परिसरमै लागुऔषध कारोबार, छ जना पक्राउ

भक्तपुर, १४ फागुन । भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ ।

अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं ६ बस्ने ३० वर्षीय आशिष कार्की, सिन्धुपाल्चोक साँगाचोक नगरपालिका वडा नं ९ बस्ने ३० वर्षीय रमेशबहादुर खत्री, सिन्धुपाल्चोककै भोटसिपा– ३ बस्ने ३९ वर्षीय धन भनिने दीपक श्रेष्ठ, खोटाङ फेदी– १ बस्ने २२ वर्षीय दौलत राई, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं ५ बस्ने २४ वर्षीय सुमन तामाङ र भक्तपुर नगरपालिका वडा नं ६ बस्ने २४ वर्षीय विकेश पहरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुका साथबाट फेनरगान २१ थान तथा डाइजेल्याब र नुफिन १९–१९ थान बरामद गरेको छ । भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित सिद्धपोखरी, आसपासका क्षेत्र र भक्तपुर अस्पतालको चौरलाई लागुपदार्थ कारोवारीले प्रयोग गर्दै आएको सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अभियुक्तलााई आजै लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।