जथाभावी फोहर गर्नेलाई कडा कारवाही गर्ने भन्दै मुख्यमन्त्री लालबाबु निस्किए झाडु लगाऊन

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुर सरसफाइ महाअभियानमा सरिक भएका छन्।

मंगलबार बिहान ‘जनकपुर सरसफाइ महाअभियान’मा सरसफाइ अभियन्तासँगै उनी पनि सहभागी भएका थिए।

सरसफाइ अभियानमा सहभागी भएका उनले सरसफाइमा सहयोग गर्नका साथै जथाभावी फोहर गर्नेलाई कडा कारवाही गरिने बताए।

उनी मुख्यमन्त्री बनेपछि पहिलोपटक कुचो लिएर सडकमा उत्रिएका थिए। उनलाई हेर्नको लागि सर्वसाधारणको घुइँचो लागेको थियो। यसअघि गत शनिबार प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरसफाइ अभियानमा सरिक भएका थिए।

उनी निलो ट्रयाकसुट, कालो छालाको जुत्ता र मास्क लगाएर मुख्यमन्त्री शाही सडक सफाइ कार्यक्रममा सहभागी भएका थिए ।

उनले हरेक महिनाको २ दिन सरसफाइमा सहभागी हुने बताएका थिए।

अभियानमा जनकपुर उप–महानगरपालिका, जनकपुर उद्योग वाणिज्य संघ र नागरिक समाजको सहयोगमा निजी विद्यालयको छाता संगठन प्याब्सन, एन प्याब्सन, मधेश प्याब्सनलगायताक संघ संस्थाहरू अभियानमा सहभागी भएका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।