सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न विद्यार्थी संगठनको माग

काठमाडौँ, १५ फागुन । सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरमलगयत विद्यार्थी संगठनले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरियामाथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन् ।

सिरियामा गरिएको पछिल्लो आक्रमणको भत्र्सना गर्दै शान्ति स्थापना गराउने कार्यमा प्रभावकारी भूमिका निभाउन राष्ट्रसंघ समेतलाई आह्वान गरिएको अनेरास्ववियूका अध्यक्ष नवीना लामाले जानकारी दिनुभयो ।

राष्ट्रसंघको सुरक्षा परिषद्ले ३० दिने संघर्ष विरामको प्रस्ताव पारित गरेको केही घण्टा नबित्दै सिरियामा शुरु भएको हिंसात्मक हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सिरियामा पछिल्लो समय सरकार र विद्रोही दुवै पक्षले प्रयोग गरिरहेको रसायनिक हतियारको प्रयोग रोक्न माग गरिएको पनि अध्यक्ष लामाले बताउनुभयो ।

विज्ञप्तिमा राष्ट्रसंघको युद्ध विराम प्रस्तावलाई सहर्ष स्वीकार गर्दै दुवैको तर्फबाट भइरहेको आक्रमण रोकेर समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।