मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुदको महत्व छ : नेता नेपाल

काठमाडौँ, १५ फागुन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुद क्षेत्रको विशेष महत्व रहेको बताउनुभएको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसले आयोजना गरेको रचनात्मक खेलकूद प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई आज पुरस्कृत गर्दै उहाँले भन्नुभयो — “मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन नेपालले खेलकुदको विकास र विस्तारमा विशेष जोड दिनुपर्छ ।”

पूर्वप्रधानमन्त्री नेपालले स्वस्थ्य जीवन र सामाजिक सद्भावका लागि पनि खेलकुदको आवश्यकता रहेकाले यसको व्यावसायिकताका लागि जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद शाखाका निर्देशक गंगाबहादुर थापाले राम्रा खेलाडी उत्पादन गर्नका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कलेजका प्रमुख निर्मला सुवालले कलेजमा अध्ययन गर्ने विद्यार्थीको चाप बढिरहेकाले भौतिक पूर्वाधार विकासका लागि सहयोगको अपेक्षा गर्नुभयो ।

खेलकूद शिक्षक तथा भलिबलका राष्ट्रिय रेफ्री इन्दिरा निरौलाले विभिन्न खेलकूद विधामा २७८ जना विद्यार्थी उत्कृष्ट भएको जानकारी दिनुभयो । खेलकूद एक हजार ३०० विद्यार्थी सहभागी भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।