‘गौतमबुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने सन्देश दिन टुँडिखेलमा भेला

काठमाडौँ, १६ फागुन । आगामी शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्ने भएका छन् ।

विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार जनाले एकै पटक बुद्ध नेपाल जन्मेका हुन् भनेर वाचन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष अक्कलबहादुर तामाङले जानकारी गराउनुभयो ।

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वसामु चिनाउनका लागि एकै पटक यति धेरै मानिसको सहभागिता गराएर वाचन गर्न लागिएको उहाँले बताउनुभयो ।

‘भगवान् बुद्धको जन्मस्थल र बुद्धिजमको उद्गमस्थल नेपालको लुम्बिनी हो’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा बुद्धको जन्म नेपाल हो भन्नेसहित बुद्धको उपदेश, प्रवचन, धम्मपदको सारगर्भित अंशसमेत वाचन गरिने छ ।

बिहान ११ बजेबाट २ बजेम्म सर्वसाधारण टुँडिखेल प्रवेश गरिसक्ने र त्यसपछि मात्र वाचन गरिने छ । करिब १० मिनेट सबैले वाचन गरी गिनिज बुकका कीर्तिमान कायम गर्नका लागि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

उहाँले अरुले बुद्ध नेपालमा नजन्मेको भ्रम फैलाइरहेको भन्दै त्यस भ्रमलाई हटाउनका लागि पनि कार्यक्रम सान्र्दभिक हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष संर्घष विष्टले कार्यक्रममा अहिलेसम्म ७५ हजार पास वितरण गरिसकेको जानकारी गराउनुभयो । पास देखाइसकेपछि मात्र कार्यक्रममा प्रवेशको व्यवस्था मिलाइएको छ ।

उक्त दिन पनि करिब १५ हजार पास टुँडिखेलको मूलगेटमा वितरण गर्ने योजना रहेको छ । चारवटा गेट र ४० वटा सहायक गेटबाट प्रवेशको व्यवस्था मिलाइएको छ । कार्यक्रममा तीन हजार स्वयंसेवक र एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने छ ।

सोही कार्यक्रममा राष्ट्रिय कलाकारले सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गर्नेछन् । नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले बुद्धको जन्म नेपाल भए पनि अन्य देशले आफ्नो देशमा जन्मेको भन्ने दाबी गरेको भन्दै बुद्ध नेपाल जन्मिएका हुन् भन्ने सन्देश दिनका लागि यस्ता कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।