‘म बहुमत प्राप्त सरकारको गृहमन्त्री हुँ पहिले जस्तो नसोच्नु होला’- प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्रीले दिए यस्तो चेतावनी…
काठमाण्डौ, १६ फागुन । गृह मन्त्री रामबहादुर थापा बादलले बहुमतको सरकारको गृह मन्त्री भएको भन्दै पहिलेको जस्तो सोचेर काम नगर्न प्रहरीलाई चेतावनी दिएका छन् ।
गृह मन्त्री भएपछि बुधवार प्रहरी प्रधान कार्यालय नक्साल पुगेका गृह मन्त्री थापाले निर्देशनात्मक चेतावनी दिएका हुन् । ‘म बहुमत प्राप्त सरकारको मन्त्री हुँ पहिले जस्तो नसोच्नु होला’, एक प्रहरी अधिकृतले थापाको भनाई उदृत गर्दै भने ।
बिहान नौ बजे नक्साल पुगेका गृह मन्त्री थापाले प्रहरी संगठनभित्र कर्मचारीको सरुवा बढुवाको लागि राजनीतिक चलखेल नगर्न समेत भनेका थिए ।


