को हुन उमेरले ९० काटेका यी दम्पती जसले १ अर्बको सम्पती दान गरे : भन्छन- पैसा भएको धेरै छन, मन भएका छैनन् (भिडियो सहित)

काठमाडौं । शहरमा रहर धनको भेटिन्छ । मनको कमै छ । धनकारीको भकारी धनले नै भरिएपनि पुग्दैन । सत्य हो पुगिरहेको छैन । यो भन्न पनि छुट छ अग्लो महलमा बस्ने मनकारी मुश्किलै पाइएला सायद । नभएकाले नदिने भन्ने त के अचम्म भयो र तर भएकाले पनि भयो दिन्न भन्नु त सामान्य नै हो यो शहरमा ।

बरु हुनेहरु नै धनकालागि रुने गरेको देखिन्छन् । अलि थप्न पाए हुन्थ्यो भनेर भौतारिन्छन् । तर समाजले यस्तो दर्पण देखाउँछ जहाँ नियाल्दा नतमस्तक भईन्छ नै भईन्छ । परोकारले यस्तो आकार दिन्छ जसको तारिफ र तुलना शब्दले सकिदैन । तैपनि गर्नुपर्छ ।

उमेरले ९० काटेका श्रीजंग शाह र रुद्रकुमारी शाह । उमेर ढल्केपनि उत्साहको उचाई उग्लो छ । यसको कारण एउटै हो सेवा नै सर्वोपरि भन्ने सोच । परोपकारमा बनाएको परिचय । धनले सम्पन्न भएपनि मनले पनि देखाउने माहनता उनले यसपटक देखाए । सबैलाई चकित बनाए । चर्चा यी दम्पत्तिको सबैतिर छ ।

काठमाडौंको कान्तिपथमा रहेको तीन रोपनी तीन आना जग्गा र त्योसँगैको २ तले भवन उनले बर्दियामा रहेको फत्तेबाल आँखा अस्पताललाई उनीहरुले दान गरे । आफ्नो मृत्युपछि आफ्ना सन्तानलाई नभई सामाजिक कार्यमा खर्च गर्न निधो गरे । मूल्य करिब १ र्अबको छ ।

श्रीजंग शाह फत्तेबाल अस्पतालका संरक्षक पनि हुन् । अस्पताल उनकै बुवाले स्थापना गरेका हुन् । बिरासतलाई बलियो बनाउँदै लैजाने उनको योजना छ । जति सकिन्छ ,जति बाँचिन्छ अरुलाई पनि बचाउने हो उनले भने ।सामाजिक सेवाको सराहना अहिले व्यापक भैरहेको छ । यसबाट सन्तुष्टि पनि मिलेकै रहेछ उनीहरुलाई ।

नभएर नदिने भन्दा पनि भएर नदिने दरिद्र लाग्छ उनीहरुले बताए । बिचार बडो राम्रो । नतमस्मक भएर फर्किन्छन् भेट्नेवालाहरु । र भन्छन् यसको अनुसरणमा सबैलाई प्रेरणा मिलोस् । यी दम्पत्तिलाई यो उमेरमा देखाएको सेवा भावले समाजले सिक्न सक्ने धेरै कुरा छाडेको देखियो । शरीर अशक्त भएर आफ्नै चिन्ता गर्ने बेला समाज सेवाप्रतिको चासो नै चामत्कारिक लाग्ने । उनीहरुलाई कस्तो लागिरहेछ त ? रुद्रकुमारी शाह भन्छिन् ।

एक र्अब बराबरको सम्पत्ति दान गर्न त्यति सजिलो भने भएन । दम्पतिले आफ्नै सम्पति दान दिन पनि मुद्दा खेप्नुर्पयो। दान दिन खोज्दा मालपोत कार्यालयमा जग्गा रोक्का गराइएको रहेछ । विषय यहि मात्र सिमित भएन उदालत सम्म पुग्यो । पछि काठमाडौँ जिल्ला अदातले आदेश दिएपछि बल्ल एक अर्बको सम्पति दान गर्न पाए । अहिले धेरै धनकारीलाई यी मनकारीले चुनौती दिएका छन् ।

बरु शरीर ढलोस्, सम्झना सेवाको सर्वदा रहोस् यो चाहनाले देखाएको बाटोमा सबैले पाइला पछ्याउन सकुन् । कामना ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।