विदेशिने युवालाई रोकेर स्वदेशमै रोजगारी दिन ग्राम उद्योग खोलिनेछ : मन्त्री थापा
म्याग्दी । रोजगारीको लागी विदेशिने युवालाई रोक्न महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले स्वदेशमै रोजगारी दिन सरकारले ग्राम उद्योग स्थापना गर्ने बताउनुभएको छ ।
बिहीबार बेनीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले स्थानीय तहमा ग्राम उद्योग स्थापना गरी रोजगारीको अवसर सिर्जना गरिने बताउनुभएको हो ।
उहाँले कृषि, पर्यटन, जलविद्युत र ऊर्जा क्षेत्रको गतीलो योजना बनाएर त्यसलाई व्यवस्थित ढङ्गले कार्यक्रममार्फत सञ्चालन गरिने बताउनुभएको छ । जसमार्फत तमाम युवाले रोजगार पाउनेमा आफु आशावादी भएृको बताउनुभयो ।


