मुलुकमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ : प्रचण्ड

नवलपरासी, १७ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुशासन, स्थायित्व, विकास र समृद्धि अबको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाटमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,“अब सबै मिलेर देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ, देशमा विकासको आवश्यकता छ, तराई मधेशमा अझ बढी विकास गर्नु बाँकी छ ।” संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागिता गराउन वार्ता अन्तिम चरणमा पुगेको जानकारी उहाँले. दिनुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुई कम्युनिष्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले भन्नुभयो, “अब दुवै केन्द्र भंग गरी एउटै कम्युनिष्ट पार्टी बनाएर नयाँ यात्रा तय गरिनेछ । आजै अध्यक्ष दाहालले गौतम बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तूपको अवलोकन गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।