प्रजातन्त्र प्राप्तीका लागि राणा बिरुद्ध बन्दुक बोकेर लडेका प्रजातन्त्र सेनानी रुम्दालीको निधन !

खोटाङ । प्रजातन्त्र प्राप्तीका लागि राणा बिरुद्ध बन्दुक बोकेर लडेका खोटाङका प्रजातन्त्र सेनानीको निधन भएको छ। प्रजातन्त्र प्राप्तीका लागि २००७ सालमा राणा शासन विरुद्ध लडेका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका बलबहादुर रुम्दाली राईको ८६ वर्षको उमेरमा बिहीबार राती निधन भएको हो।

हाल सुनसरी प्रकासपुरमा छोरी सुबासी र ज्वाई भवानीशंकर अधिकारीसँग बसिरहेका रुम्दालीको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको खोटाङका कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले बताए।

दम र फोक्सोमा भएको समस्यका कारण ३ वर्षदेखि ओछ्यानमा थलिएका रुम्दालीलाई सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको थियो। २००७ सालमा प्रजातन्त्र प्राप्तीका लागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर बिभिन्न लडाईमा मोर्चा सम्हालेका उनले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रह देखि २०४६ सालको प्रजातन्त्र स्थापनासम्म आफ्नो भूमीकालाई दर्बिलोरुपमा प्रस्तुत गरेका थिए।

बलबहादुरको फोक्सो ‘ड्यामेज’ हुन लागेकाले केही वर्षदेखि दैनिक औषधिका भरमा बचाइएको परिवारको भनाई छ। स्वास्थ्यमा समस्या आइरहँदा उनलाई बेला–बेलामा अस्पताल लगेर अक्सिजन दिनुपर्ने बाध्यता थियो। २०४९ सालतिर कांग्रेसका जिल्ला सभापति बनेका रुम्दाली २०४८ सालको आमनिर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बनेपनि पराजित भएका थिए। सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष बनेका उनी करिब १५÷२० वर्षअघिदेखि जिल्ला बाहिर बस्न थालेका हुन्।

४ वर्षअघिसम्म उनी पुर्खौली घर आउने जाने गरेका थिए। तर उमेर ढल्केर हिँडडुल गर्न नसक्ने अवस्था भएपछि उनको ज्यामिरे आउजाउ बन्द भएको थियो। कहिले काठमाडौं, कहिले सुनसरी र कहिले ज्यामिरे गर्दैआएका राई ४ वर्षदेखि छोरीज्वाईकै घरमा बस्दैआएका थिए। उनका तीन छोरा र तीन छोरी छन्।

जीवनका अधिकांश समय प्रजातन्त्रकालागि बिताएका रुम्दालीजस्ता प्रजातन्त्र सेनानीकै त्याग, तपस्या र बलिदानले देशमा प्रजातन्त्र उदाए। देशबाट जहानीय शासन हट्यो, प्रजातन्त्र आयो। जनता सार्वभौमिक बने। गाउँ–गाउँमा उनको र उनीजस्ता योद्धाको हाईहाई भयो। तर, जीवनभर ‘मेरो देश र प्रजातन्त्र’ भनेर समर्पित भएका रुम्दालीको जीवन भने पीडामै बितेको कांग्रेस नेता तथा कार्यकर्ता बताउँछन्। उनको दयनीय अवस्था देखेर कांग्रेस खोटाङले सहयोग संकलन गरेर आर्थिक सहयोग गरेको थियो। यस्तै, शान्ति समिति खोटाङका पूर्वसंयोजक ललितकुमार राईको संयोजकत्वमा बनेको सहयोग समितिमार्फत खोटाङका सबै राजनैतिक दलले एकमुष्ट आर्थिक सहयोग गरेको थिए। नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।