प्रचण्डले भने,- फोरम सरकारमा आएपछि संविधान संशोधनबारे छलफल हुन्छ

अछाम, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने बताएका छन् ।

बिहीबार अछाम पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको बताएका हुन् । `संघीय समाजवादी फोरमसंग सहमति भइसक्यो´ उनले पत्रकारहरुसँग भने ।

उपेन्द्र यादव नेतृवको उक्त पार्टी सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवाद केन्द्र तयार भइसकेको पनि प्रचण्डले बताए । मधेस आन्दोलनका क्रममा उठाइएका मुद्दालाई राजनीतिक छलफल र सहमतिका आधारमा संविधान संशोधन गरिने उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले संघिय सरकारको पुर्णता पाएसंगै आफूहरु सुशासन र समृद्धि सहितको विकास निर्माणमा केन्द्रित हुने बताए । `सुशासन र विकास निर्माणका कामहरूलाई प्राथमिकीकरण गरेर देशमा नयाँ गति दिने हाम्रो योजना छ ´ प्रचण्डले भने ।

उनले एमाले र माओवादी केन्द्रबीचको एकता चैत पहिलो साताभित्र हुने पनि जानकारी दिए । `छिटो भयो भने यही यही महिनाको लाष्ट, अलि ढिलो भयो भने चैतको पहिलो हप्तासम्म नयाँ पार्टी बन्छ’ प्रचण्डले भने ।

राजनीतिक एजेण्डा र विधान निर्माण गर्न गठित दुई कार्यदलले फागुन २५ गतेभित्र प्रतिवेदन बुझाएपछि पार्टी एकता हुने उनको भनाइ छ । अनलाईन खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।