पूर्व सांसदहरुले आफुलाई उपचार खर्च दिनुपर्ने माग गरिरहेका बेला मन्त्री लालबाबु पण्डितले गरे अर्को महत्वपुर्ण घोषणा !

काठमाण्डौ, पछिल्लो समय जनतामाझ एक पछि अर्को लोकप्रिय योजना र कामले मन जित्दै आएका जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फेरी अर्को महत्वपुर्ण कुरा सार्वजनिक गरेका छन् । उनले पूर्व सांसदहरुलाई स्वास्थ्य बिमा गर्न आग्रह गरेका छन् ।

पूर्व सांसदहरुले सरकारले आफुहरुलाई उपचार खर्च दिनुपर्ने माग गरिरहेका बेला मन्त्री पण्डितले सरकारले रकम उपलब्ध नगराउने स्पष्ट स्पष्ट पारेका छन् । पूर्व सांसद मञ्च, नेपालले आफ्ना आजीवन सदस्य पुनःसंघीय संसद्का सदस्य बनेका मन्त्री तथा प्रतिनिधिसभाका सदस्यलाई बधाई तथा सम्मान गर्न आयोजित कार्यक्रममा उनले उपचार खर्च नभई नेपालकै अस्पतालमा उपचार गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री पण्डितले भने , उपचार खर्च दिँदा कतिपय अवस्थामा सरकार बदनाम पनि भएको छ, सरकारले पैसा दिने भएपछि विदेशमा गएर उपचार गर्ने चलन छ, त्यो रोक्नुपर्छ, धनीलाई भन्दा पनि कम पहुँच र कमजोर आर्थिक अवस्था भएकालाई दिनुपर्छ ।

उनले काठमाडौँमा उपत्यकामा धुलोले क्यान्सरको मात्र बढाउने देखिएको अध्ययनबाट थाहा भएको उल्लेख गर्दै एक बर्ष काठमाडौँलाई धुलोमुक्त बनाउनका लागि योजनाबद्ध रुपमा काम गर्ने पनि बताए । कार्यक्रम मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले मन्त्री पण्डितलगायत संघीय संसद्का ३५ जना सदस्यलाई बधाई तथा सम्मान गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।