प्रदेश १ का प्रदेश प्रमुख र मुख्यमन्त्रीको सुरक्षामा खेलाँची, बिना सुरक्षा पुगे नेपाल–भारत सीमा
मोरङ, फागुन १८ । प्रदेश प्रमुख र मुख्यमन्त्री प्रदेशका लागि विशिष्ट व्यक्ति हुन् । उनीहरुमाथिको सुरक्षा संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने हुन्छ । तर तीनै विशिष्ट व्यक्तिको सुरक्षामा खेलाँची गरिएको देखिएको छ ।
शुक्रबार प्रदेश एकका प्रमुख र मुख्यमन्त्री नेपाल–भारत सीमासँग जोडिएको श्रीपुर जब्दीमा सुरक्षा व्यवयस्था बिना पुगेका थिए । प्रदेश प्रमुखलाई नेपाली सेनाले सुरक्षाको व्यवस्था मिलाएको भए पनि मुख्यमन्त्रीको सुरक्षामा एक जना सेनाका सुरक्षा गार्ड बाहेक कोही पनि सुरक्षामा दिइएको देखिएन ।
नेपाल भारत सीमा क्षेत्रसँग जोडिएको श्रीपुर जब्दीमा पुगेका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई निजी सुरक्षा गार्ड बाहेक सुरक्षाको अर्को प्रबन्ध गरिएको थिएन । उनीहरु एक्लो गाडीमा गाउँसम्म पुगेका थिए ।
शुक्रबार एक नम्बर प्रदेशका प्रदेश प्रमुख मुख्यमन्त्री, मन्त्रीहरु सबैले एकै ठाउँमा होली मनाउन सुनसरीको श्रीपुर जब्दीमा रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतको घरमा पुगेका थिए ।
बिना सुरक्षा प्रदेश प्रमुख र मुख्यमन्त्री निस्केपछि यसलाई कतिपयले उदाहरणीय भने पनि धेरैले यसलाई विशिष्ट व्यक्तिको सुरक्षामा खेलवाड गरिएको प्रतिक्रिया दिएका छन् । उज्ज्यालो


