सडकदेखि संसदसम्म जन्ममितिको समस्या : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकदेखि संसदसम्म जन्ममितिको समस्या भएको बताएका छन् ।
एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक, न्यायालय देखि संसदसम्म जन्ममितिको विवाद भएको बताएका हुन् ।
आइतबार हुने सांसदको शपथ ग्रहणमा आफूले आफूभन्दा कान्छो सदस्यसँग सांसदको शपथ लिन पर्न आटेको उनले बताए ।
‘राजपाका महेन्द्रजीलाई मैले भाइ भन्थे, जन्ममितिका आधारमा उहाँ जेष्ठ सदस्य हुनुभयो र सवैलाई शपथ खुवाउँदै हुनुन्छ ।’
उनले वास्तविक उमेर भन्दा नागरिकताको उमेर बढी भएका कारण समस्या आएको भन्दै सडक र न्यायलयमा देखिएको जन्ममिति विवाद अव संसदमा प्रवेश गरेको बताए । उनले भने,‘धन्न एउटै मात्र जन्ममिति भएको म एक्लै पो रहेछु कि क्या हो । जन्ममिति ण्२००८ फागुन ११ गते शनिवार ।’
प्रशिक्षणमा ओलीले राष्ट्रिय सभामा सिफारिस तीन सांसदको नियुक्ति सर्वोच्च अदालतले रोक्न नमिल्ने बताए ।
कार्यपालिकाको अधिकार न्यायपालिका प्रवेश गर्न नसक्ने भन्दै उनले सरकारले र सर्वोच्चले आ–आफ्नो काम गर्नुपर्ने बताए ।


