नवराज सिलवालको प्रश्न,- अभियोग नै नलागेको मान्छे कसरी फरार ?

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद नवराज सिलवालले आफूमाथि फरार अभियुक्तको आरोप लगाइनु गलत भएको बताएका छन् ।

शनिबार नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुलाई दिइएको सं‌युक्त प्रशिक्षणपछि सांसद सिलवालले यस्तो बताएका हुन् । आफूलाई फरार अभियुक्त भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा चर्चा भएपछि उनले यस कुराको खण्डन गरेका हुन् ।

उनले माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्विटरमार्फत आफुलाई फरार अभियुक्त भन्नु गलत भएको स्पष्टोक्ति दिएका हुन् ।

‘नवराज सिलवालमाथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र उ कुनै फरार व्यक्ति पनि होइन’, उनले ट्विट गर्दै भनेका छन्, ‘तथ्यलाई वंग्याएर केही मित्रहरूले अन्याथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएको प्रति दु:ख व्यक्त गर्दछु।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।