‘बुद्धको नाममा टुडिखेलमा जानेहरु बेरोजगार युवाहरु मात्र हुन्’ : दिल निशानी मगर

विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।

तर भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन कार्यलाई लेखक दिल निशानी मगरले बेरोजगार युवाहरुको हुल मात्र भएको बताएका छन् । उनले भनेका छन् ‘बुद्धको नाममा टुडिखेलमा जानेहरु बेरोजगार युवाहरु मात्र हुन्।’

दिल निशानी मगरले उपस्थित हजारौको संख्यालाई व्यंग्य गर्दै भनेका छन् ‘यिनीहरु आकाशे पुलमाथी उभिएर बस गुडिरहेको पनि खुब हेर्छन्। अरबको भिषा लाग्न बाँकीहरुले यसो समय कटाएका। भन्दै व्यंग्यात्मक आलोचना गरेका छन् ।

हजारौलाई भेला गराएर बुद्द हाम्रो हो भन्दैमा बुद्द अरु कसैको नहुने तर्क गर्दै मगरले भनेका छन् ‘गिनिज बुक भनेको आश्चर्यजनक रेकर्डहरुको सुची मात्रै हो। भारतीयहरुले ५० करोड जनता जम्मा गरेर हस्ताक्षर संकलन गरेभने बुद्ध भारतमा जन्मेका हुन्छन् त?’

यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन भने बाँकी छ ।

‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।