कालापानी क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने माग

काठमाडौँ, २० फागुन । कालापानीमा सुरक्षाकर्मी तैनाथ गर्न माग गर्दै ग्रेटर राष्ट्रवादी मोर्चा नेपालले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ ।

सुगौली सन्धि भएको २०२ वर्ष पुगेको अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल नेतृत्वको टोलीले आइतबार तीन सुत्रिय माग राख्दै ज्ञापनपत्र बुझाएको हो।

ग्रेटर नेपालले सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी ६० हजार वर्ग किलोमिटर जमिन फिर्तालिन कदम चाल्नु पर्ने, हालै व्यास गाउँपालिकाको वडा नं. १ र २ मा महाकाली नदी सिमानामा निर्माण गरिएका चार वटा काठे पुल, १५० मिटर सडक ट्रयाक र २ किलोमिटर पैदल मार्ग निर्माण गरेर नेपालको सार्वभौमसत्ता माथि आघात पु-याएको हुँदा कालापानी क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने लगायतका माग गरेको छ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले ग्रेटर नेपालले उठाएका मुद्दा सबैका साझा समस्या भएकाले समाधानका लागि मन्त्रालयले विशेष ध्यानदिने बताए। थापाले दलले छिट्टै उक्त क्षेत्रमा सशस्त्र प्रहरी बल तैनाथ गर्ने बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।