जंगलमा भेटियो महिलाको नग्न शव, बलात्कार पछि हत्या भएको आशंका

तुलसीपुर । दाङ र अर्घाखाँचीको सीमानामा पर्ने सीतगङ्गा नगरपालिका –८ स्थित सामुदायिक वनमा नग्न अवस्थामा महिलाको शव भेटिएको छ ।

राप्ती गाउँपालिका –१ भालुवाङमा मजदुरी गर्ने मुस्कान नेपालीको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताएको खबर गोपाल शर्माले अन्नपूर्णमा लेखेका छन ।

मृतक नेपाली आइतबार बेलुकादेखि हराएको र सोमबार जंगलमा नग्न अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । शव हेर्दा बलात्कार पछि हत्या भएको जस्तो देखिन्छ । पोस्टमार्टम मंगलबार मात्रै हुने भएकाले त्यसपछि सत्यकुरा थाहा हुने उनले बताए ।

अहिले नै केही भन्न सक्ने अवस्था नरहेको तर प्रकृति हेर्दा बलत्कार पछि हत्या भएको भन्ने आशका गर्न सकिने उनले बताए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।